आईफोन १७ मा ग्यालेक्सी एस२४ अल्ट्रा जस्तै एन्टि–रिफ्लेक्टिभ र स्क्र्याच रेसिस्टेन्ट डिस्प्ले हुनसक्ने

Technology Khabar ९ चैत्र २०८०, शुक्रबार

काठमाडौं ।

सन् २०२५ को अन्त्यमा लन्च हुने अपेक्षा गरिएको एप्पलको अर्को वर्षको फ्ल्यागशिप आईफोन महत्त्वपूर्ण डिस्प्ले अपग्रेडको साथ आउने सम्भावना रहेको छ। लीकर इन्स्ट्यान्ट डिजिटको एक वेइवो पोष्ट अनुसार आईफोन १७ मा “सुपर–हार्ड एन्टी–रिफ्लेक्टिभ लेयर” फिचर हुनसक्ने सम्भावना उल्लेख गरिएको छ।

साथै उक्त “सुपर–हार्ड एन्टी–रिफ्लेक्टिभ लेयर” ले हालको आईफोन १५ मोडलहरूमा पाइने सेरामिक शिल्डको तुलनामा उच्च स्क्र्याच रेसिस्टेन्ट (प्रतिरोध) प्रदान गर्नेछ।

एप्पलले जापानबाट नयाँ कोटिङ्ग उपकरण खरिद गरेको र यसलाई चिनियाँ आपूर्ति श्रृंखलामा एकीकृत गरेको उक्त लीकले थप सुझाव दिएको छ। यो उपकरण सम्भवतः भविष्यका आईफोनहरूका लागि लक्षित गरिएको र यसको प्रमुख उम्मेद्वार आईफोन १७ भएकाले आगामी आईफोन १६ का लागि भने यो इक्विपमेन्ट तयार नहुने बताईएको छ।

सामसङको पछिल्लो ग्यालेक्सी एस २४ अल्ट्राले कोर्निङको गोरिल्ला ग्लास आर्मर प्रयोग गर्दछ जुन यसको प्रभावशाली ७५ प्रतिशत ग्लेर रिडक्सन र अन्य स्मार्टफोन डिस्प्लेको तुलनामा स्क्र्याच –रेसिस्टेन्टमा उल्लेखनीय सुधारका लागि परिचित छ।

यस बाहेक लीकले गोरिल्ला ग्लास आर्मरको स्पष्ट रूपमा उल्लेख नगरेतापनि एप्पलको कोर्निङसँग लामो समयदेखिको साझेदारी र फिचर्सको समानताहरूले आईफोन १७ को लागि समान टेक्नोलोजी आउन सक्ने औंल्याएको छ।

त्यसैगरी कोर्निङले एप्पलको लागि फरक ब्रान्ड नाम अन्तर्गत कस्टम सलुसन (अनुकूलन समाधान) विकास गरिरहेको हुन सक्ने सम्भावना पनि रहेको उल्लेख छ।

एप्पलले हाल कोर्निङसँग सह–विकसित गरिएको आफ्नो “सेरामिक शिल्ड” टेक्नोलोजी प्रयोग गर्ने गरेको छ जसले अघिल्लो आईफोनहरूको तुलनामा सुधारिएको ‘ड्रप प्रोटेक्सन’ प्रदान गर्ने जनाइएको छ। यद्यपि, सामसङ जस्ता प्रतिस्पर्धीहरूबाट भएको प्रगतिले सम्भावनाको सीमालाई धकेलेको उल्लेख गरिएको छ।

प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया