
काठमाडौं ।
जापानी फोटोग्राफी ब्रान्ड निकोनले मार्च महिनाको २६ वा २७ तारिखमा नयाँ निक्कोर जेड २८–४०० मिमी एफ/३.५–६.३ जुम लेन्स लन्च गर्ने भएको छ।निकोन जेड लाइनअपमा आश्चर्यजनक रूपमा कम्प्याक्ट र लाईटवेट डिजाइनमा प्रभावशाली भर्सट्यालिटी प्रदान गर्ने निकोनरुमर्सले रिपोर्ट गरेको छ।
यो नयाँ लेन्सको सटीक विवरणहरु (स्पेसिफिकेसन्स) को वारेमा खुलास नगरिएतापनि यो नयाँ लेन्स निकोनको हाई–पर्फमेन्स एस सिरिजसँग सम्बन्धित नभएको बताईएको छ। त्यसैले यसको मूल्य एफोर्डेबिलिटी (किफायती) र क्यापासिटी (क्षमता) बीचको बिन्दुमा सन्तुलन हुनेछ।
धेरै फोटोग्राफरहरूको लेन्स ब्यागहरूको लागि यो अलराउन्डर लेन्स बन्ने सम्भावना पनि रहेको दाबी छ।
टेलिफोटो लेन्स भनेको के हो ?
स्ट्याण्डर्ड लेन्सहरूको विपरीत, टेलिफोटो लेन्सहरूले क्लेभर अप्टिक्स प्रयोग गरेर टाढाका वस्तुहरूलाई म्याग्निफाइ गर्दै ती वस्तुहरूलाई तपाईंको फ्रेममा नजिक ल्याउन मद्दत गर्दछ। जस्तै टाढाबाट स्टनिङ वाइल्डलाईफ सटहरू खिच्न वा शारीरिक रूपमा विषयको नजिक नगई टाइट पोर्ट्रेट रचनाहरूको लागि टेलिफोटो लेन्सले जुम इन गर्न मद्दत गर्दछ। तसर्थ टेलीफोटो लेन्सहरू यी कार्यहरूमा उत्कृष्ट हुने भएकाले तिनीहरू नेचर (प्रकृति) फोटोग्राफी, स्पोर्ट्स (खेलकुद) फोटोग्राफी, र पोर्ट्रेटको लागि उपयुक्त हुने उल्लेख गरिएको छ।
निकोनले यस अघि नै जेड २४–२०० मिमी एफ/४–६.३ भिआर जस्ता रामो जुम लेन्सहरूको दायरा प्रबर्द्धन गर्दछ। यो नयाँ २८–४०० मिमी अफरिङले अझ बढि पहुँचको साथ सिङ्गल (एकै) लेन्सबाट वाइड ल्याण्डस्केप (फराकिलो परिदृश्य) देखि टेलिफोटो क्लोज–अपसम्मका सबै कुरा खिच्नका लागि अनुमति दिने गीज्मोचाइनामा उल्लेख छ।
प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार