किताब पाउन र पठाउन ‘पुस्तक सेवा’ नामक प्लेटफर्म संचालनमा

Technology Khabar ९ चैत्र २०८०, शुक्रबार

काठमाडौं ।

पुस्तक पाउने र पठाउनेको सम्बन्ध स्मार्ट बनाउन, ई-टिउटर क्लासले पुस्तक सेवा नामको प्लेटफर्म सार्वजनिक गरेको छ। सो प्लेटफर्मले विद्यार्थीले खोजेजस्तो पुस्तक रोजेकै समयमा उपलब्ध गराउने कम्पनीले दावी गरेको छ।

पुस्तक सेवा वेब, प्ले स्टोर र एप्पल स्टोर गरी तिनओटै प्लेटफर्ममा उपलब्ध गराइएको छ।

विगत ५ वर्ष देखी शैक्षिक क्षेत्रमा अग्रसर ई टिउटर क्लासले विद्यार्थीले रोजेको किताब नपाउने, ढिलो डेलिभरी हुने जस्ता समस्या र बढ्दो डिजिटल प्रविधिको प्रयोगलाई ध्यानमा राख्दै पुस्तक सेवाको यहि शुक्रबारबाट व्यावसायिक सेवा सञ्चालन सुरु गर्दैछ।

नेपालको जुनसुकै ठाउँबाट पाठकले अडर गर्ने, पाठक र बिक्रेता विचमा कुराकानीसँगै वार्गेनिङ्ग गर्ने जस्ता विविध फिचर भएको प्लेटफर्म नेपालकै पहिलो प्रविधियुक्त माध्यम भएको कम्पनीका सि.इ.ओ एम.टी हुसेनले दाबी गरे।

यसरी पुस्तक सेवाबाट आएको अर्डरलाई नजिकैको स्टेसनरीबाटै डेलिभरि गरिने भएकाले, देशभरिका पुस्तक विक्रेताहरुलाई आवद्धताका लागि मर्चेन्ट कल समेत गरिएको जनाएको छ।

प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया