
काठमाडौं ।
स्पारो एसएमएस एक इन्टरप्राईजेज मेसेजिङ प्रदायकले विगत १४ वर्ष देखि एसएमएस सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले सूचनामा सजिलो पहुँच पुर्याउन एसएमएसमार्फत सस्तो र भरपर्दो प्रविधि विकास गरी साना तथा ठूला व्यवसायी, सरकारी र गैरसरकारी निकायलाई सुलभ रुपमा सेवा उपलब्ध गराउँदै आईरहेको जनाएको छ।
स्पारो एसएमएसले नेपालमा प्रतिवर्ष औसतमा २० करोड एसएमएस आदान प्रदान गर्दै आईरहेको छ। एसएमएसबाटै तरकारी बजारको थोक मूल्य थाहा पाउन सकिने, श्रम स्विकृतिको स्थिति सम्बन्धी सूचना एसएमएस मार्फत प्रदान गर्दे अत्यावश्यक पहुँच हुनगई छोटो समयमानै आवश्यक सूचनाहरु प्राप्त गर्न अत्यन्तै सहज भएको बताईएको छ। उक्त सुविधाले दुर्गम क्षेत्रका किसानलाई आफ्नो जिल्लाका थोक खरिदकर्ताहरूबाट आफ्नो उत्पादनका लागि राम्रो मूल्यमा सम्झौता गर्न पनि अत्यन्तै सहयोग पुगेको थियो।
यस १४ वर्षको अन्तरालमा स्पारो एसएमएसले निकै महत्वपूर्ण सफलताहरु हसिल गरेको छ जस कारण सञ्चार क्षेत्रमा एक पथ प्रर्दशकको रुपमा आफ्नो स्थान कायम गर्दे आएको छ। यस कम्पनीको उत्कृष्ट उपलब्धिहरु मध्ये भाइबर बिजनेस र ह्वाट्सएप मेसेजिङ्ग जस्ता प्रसिद्द अन्तराष्ट्रिय सञ्चार प्लेटफर्महरु नेपालमा भित्र्याएको दाबी छ।
कम्पनीकाअनुसार अन्तराष्ट्रिय साझेदारीको अतिरिक्त, यस कम्पनीले एक परिवर्तनकारी संक्रमणकाल पार गरेको छ, यस कम्पनीले इन्टरप्राईजेज बिजनेस सञ्चार प्रदायकको रुपमा इन्टरप्राइज केन्द्रित सेवाले व्यवसायहरुलाई परिष्कृत सन्देश प्रवाह गर्दै ग्राहक संलग्नता र व्यापार वृद्धिलाई प्रभावकारी बनाउन सहयोग गरेको जनाएको छ।
“हामीले यस १४औं कोसेढुङ्गा मनाउँदै गर्दा, म स्प्यारो एसएमएसको तर्फबाट यस सफलताको मुख्य पात्र हाम्रा ग्राहकवर्गहरू, साझेदारहरू तथा समर्पित कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हजुरहरूको विश्वास तथा सहयोगले हामीलाई यस सफलताको उचाई हासिल गर्न तथा नवीनताको हाम्रो यात्रा जारी राख्न प्रेरित अवश्य गर्नेछ” कम्पनीका सीईओ मनोज थापाले भने।
प्रकाशित: ८ चैत्र २०८०, बिहीबार