
काठमाडौं ।
एचएमडी ग्लोबलले हालै मात्र नोकियाको नयाँ फिचर फोन ल्याउने संकेत गरेको छ। कम्पनीले एक नयाँ टिजर साझा गरेको र नोकिया ३३१० को रिफ्रेस्ड मोडलमा काम भइरहेको सुझाव दिएको छ।
ब्रान्डले एक्सको आफ्नो खातामा नयाँ टिजर साझा गरेको छ। उक्त आधिकारिक पोस्टमा कम्पनीले नोकिया फिचर फोन जस्तो देखिने ८–बिट भर्सन प्रदर्शन गर्ने तस्बिर पनि साझा गरेको छ।
डिभाइसलाई बेलुनको छेउमा राखिएको छ भने लिङ्कले हामीलाई आगामी फोनको जन्मदिन पृष्ठमा निर्देशित गर्ने उल्लेख गरिएको छ। अर्को शब्दमा भन्नुपर्दा, नयाँ फिचर फोन क्लासिक नोकिया ह्यान्डसेटको एकदमै नयाँ संस्करण हुने सम्भावना रहेको उल्लेख छ।
यद्यपि फोनको नामका साथै आधिकारिक विवरणहरुको बारेमा केही पनि खुलासा गरिएको छैन्। साथै आधिकारिक एचएमडी वेबसाइटमा आगामी डिभाइसको पिक्सेलेटेड तस्बिर मात्र रहेको जनाइएको छ।
उक्त डिभाइस ब्राईट कलर अप्सन्स (उज्यालो रङ विकल्पहरू) मा उपलब्ध हुने गरेको र ती मध्ये एउटा ब्राइट येल्लो (उज्यालो पहेंलो) भेरियन्ट टिजरमा पनि देखा परेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ७ चैत्र २०८०, बुधबार