
काठमाडौं ।
चिनियाँ स्मार्टफोन निर्माता पोकोले चाँडै आफ्नो पहिलो ट्याब्लेट लन्च गर्न सक्छ। यो प्रमाणीकरण वेबसाइटमा देखिएको छ। यो शाओमी वा रेडमीको ट्याब्लेटको रिब्रान्डेड संस्करण हुन सक्नेछ।
टेक आउटलुक रिपोर्टका अनुसार, यो ट्याब्लेट युरोपको ईईसी प्रमाणीकरण वेबसाइटमा मोडेल नम्बर 2405CPCFBG सँग भेटिएको छ। यद्यपि, यस ट्याब्लेटको बारेमा धेरै जानकारी उपलब्ध छैन।
पोको चिनियाँ उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी शाओमीको उप-ब्रान्ड हो।
पछिल्लो समय स्मार्टफोन निर्माता कम्पनीहरुले धमाधम ट्याब बजारमा कदम चालिरहेका छन् र नयाँ ट्याब लन्च गरिरहेका छन्। सोहीअनुसार पोकोले समेत नयाँ ट्याब ल्याउन लागेको अनुमान गरिएको छ।
प्रकाशित: ७ चैत्र २०८०, बुधबार