नेपाली सिनेमा डाइरेक्टरीका रुपमा ‘द फिल्म नेपाल’ अनलाइन संचालनमा

Technology Khabar ६ चैत्र २०८०, मंगलवार

काठमाडौं ।

नेपाली सिनेमा सम्बन्धि सम्पूर्ण जानकारी दिने अनलाइन प्लेटफर्म ‘द फिल्म नेपाल डटकम’ संचालनमा आएको छ। द फिल्म नेपालले संचालनमा ल्याएको उक्त अनलाइन पोर्टलले युट्युब र ओटीटीमा नयाँ रिलिज हुने चलचित्रको अलर्ट समेत दर्शकलाई उपलब्ध गराउने जनाएको छ।

नेपाली चलचित्र र कलाकारको अनलाइन डाइरेक्टरीको रूपमा रहने द ‘फिल्म नेपाल’मा नेपाली सिनेका विगतदेखि वर्तमानसम्मका सबै जानकारीहरु उपलब्ध हुने बताईएको छ।

प्रयोगकर्ताको सहजतालाई ध्यान दिएर बनाइएको उक्त प्लेटफर्ममा नेपाली सिनेमा, कलाकार, निर्देशकलगायतका विषयमा जानकारी र समाचारहरु दिनेछ। यसबाहेक रिलिज हुन लागेका सिनेमाको टिजर, ट्रेलर हेर्न र रिभ्यु पढ्न पाउने व्यवस्था समेत गरिएको छ।

अहिलेसम्म बनेका नेपाली फिल्महरु, तिनका कलाकार र निर्देशहरुका विषयमा पनि व्यवस्थित तथ्यांक यो पोर्टलमा पाउन सकिनेछ भने सिनेमा रेटिङ, रिभ्यु, कलाकारहरुको प्रोफाइल भेरिफिकेसनको सुविधा पनि अनलाइन पोर्टलमा रहेको छ। त्यसबाहेक संचालकहरुले दर्शकले चाहेका फिल्ममा सहज नै पहुँच पुर्याउन सक्ने गरी प्लेटफर्म विकास गरेको बताईएको छ।

नोटिफिकेसन यसको नौलो र फरक फिचर हो। यसले दर्शकलाई नयाँ नेपाली सिनेका रिलिज हुने बितिकै नोटिफिकेसन अलर्टमार्फत जानकारी दिनेछ। भविष्यमा यही प्लेटफर्ममार्फत मल्टीप्लेक्सको सिनेमाको टिकट बुकिङको सुविधासमेत थप्ने योजना संचालकको छ।

‘समग्र नेपाली सिनेमाको क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने योजनाका साथ यो प्लेटफर्म संचालनमा ल्याइएको हो,’ संचालक द फिल्म नेपालले भन्यो, ‘यसले नेपाली सिनेमाको डिजिटलाइजेसन र विकासमा पनि टेवा पुर्याउने अपेक्षा गरेका छौं ।’

प्रकाशित: ६ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया