माइक्रोसफ्ट टिम्सले आईफोनहरूमा वाकीटकी फङ्गसनालिटी ल्याउने

  • Technology Khabar | ६ चैत्र २०८०, मंगलवार
माइक्रोसफ्ट टिम्सले आईफोनहरूमा वाकीटकी फङ्गसनालिटी ल्याउने

काठमाडौं ।

माइक्रोसफ्टको टिम्सले मे महिनामा एप्पल आईफोनहरूमा वाकीटकी फङ्गसनालिटी ल्याउने यसको डेभलपमेन्ट (विकास) रोडम्यापमा उल्लेख गरिएको छ। साथै यसले टोलीहरूमा वाकी–टकी प्रयोग सक्षम गर्न एप्पल को पुश–टू–टक फ्रेमवर्कमा ट्याप गर्ने उल्लेख छ।

यसले इफिसियन्ट ब्याकग्राउण्ड अपरेशन (कुशल पृष्ठभूमि सञ्चालन) को साथ तत्काल र सुरक्षित भ्वाईस कम्युनिकेशन प्रदान गर्ने जनाइएको छ। साथै स्क्रिन लक हुँदा पनि हिँड्दै (वाकी) गर्दा कुरा (टकी) गर्न सकिने उल्लेख गरिएको छ। तसर्थ यसले माइक्रोसफ्ट टिम्स फोरग्राउण्ड (अग्रभूमि) मा नभए पनि काम गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ६ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...