विनोद चौधरीको दाबीः आफ्नो एजेन्डा कार्यान्वयन नगर्दा माइक्रोसफ्टदेखि अमेजनसम्म नेपालमा जोड्न सकिएन

  • Technology Khabar | ५ चैत्र २०८०, सोमबार
विनोद चौधरीको दाबीः आफ्नो एजेन्डा कार्यान्वयन नगर्दा माइक्रोसफ्टदेखि अमेजनसम्म नेपालमा जोड्न सकिएन
फाइल तस्वीर

काठमाडौं ।

नेपाली कांग्रेसका सासंद तथा अर्बपति विनोद चौधरीले आफूले १५ वर्ष अघि प्रस्तुत गरेको एजेन्डा कार्यान्वयनमा लगेको भए माइक्रोसफ्टदेखि अमेजनसम्मको आधुनिक विकास नेपालमा जोड्न सकिने दाबी गरेका छन्।

२०६५ भदौ १५ गते नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक सम्मेलनमा प्रस्तुत गरिएको एजेन्डा कार्यान्वयनमा लगेको भएको माइक्रोसफ्टदेखि अमेजनसम्मको आधुनिक विकास नेपालमा जोड्न सकिने चौधरीले सोमबार संसदमा दाबी गरेका हुन्।

उनले प्रस्तुत गरेको एजेन्डाको अनुसार नेपाल डिजिटल प्रविधि, वायोटेक, फार्मा जस्ता टेकमा आधारित उद्योगमा जानु पथ्र्यो। त्यस्तो गर्न सकिएको भए माइक्रोसफ्टदेखि अमेजनसम्मको आधुनिक विकाससम्म आफूलाई जोड्न सकिने उनले दाबी गरेका हुन्। सोही अवधिमा सिंगापुर, हैदरवाद, सिलिकन भ्यालीले गरेको जस्तो नयाँ ढंगले नेपालले पनि गर्न सक्ने उनले बताएका हुन्।

सोही अवधिमा विश्व अर्थतन्त्रको दिशा नै यूटर्न भएको स्थिति छ। डिजिटल वर्ल्डका कारण त्यसमा पनि आर्टिफिसियल इन्टेलिजेन्सका साथ साथै नवप्रवर्तनका विभिन्न परियोजनाका कारण नेपाल पनि यसको अभिन्न अंग बन्न सक्ने सम्भावना उनले औल्याए। तर पनि यसबाट नेपालले कुनै लाभ लिन नसकेको उनको दाबी छ।

प्रकाशित: ५ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया