जेफ बेजोस, बिल गेट्स र इलन मस्क नेपाली भएर जन्मिएको भए हँसियाले घाटी छिनाइन्थ्योः डा.सिके राउत

  • Technology Khabar | ५ चैत्र २०८०, सोमबार
जेफ बेजोस, बिल गेट्स र इलन मस्क नेपाली भएर जन्मिएको भए हँसियाले घाटी छिनाइन्थ्योः डा.सिके राउत

काठमाडौं ।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत)ले अमेजनका अध्यक्ष जेफ बेजोस, माइक्रोसफ्टका संस्थापक बिल गेट्स र टेस्लाका सीईओ इलन मस्क नेपालमा जन्मेका भए हँसियाले घाटी काटिने अवस्था हुने बताएका छन्।

सोमबार प्रतिनिधि सभामा बोल्दै डा. राउतले यदि जेफ बेजोस, बिल गेट्स र इलन मस्क नेपालमा जन्मेको भए हँसियाले घाटी काटिने अवस्था हुने बताएका हुन्।

माओवादीको राजनीतिक प्रस्तावमा विश्वकै १० धनाड्यहरुको नामै किटेर उहाँहरुलाई प्रधान शत्रु जस्तो घोषणा गरिएको उनको दाबी छ। जसमा विल गेट, जेफ बेजोस र इलन मस्कको नाम लेखिएको छ।

‘भगवानलाई धन्यवाद दिन चहान्छु। उहाँहरु नेपालमा जन्मनु भएको भए हँसियाले गला (घाँटी) काटिन्थ्यो,’ राउतले भने।

हामीले अर्को धारणाबाट पनि हेर्नु पर्छ जेफ बेजोफ आज नेपाली भएर जन्मेको भए १६ लाख मानिसले अमेजनको जागिर पाउँथे। त्यतातिर पनि हामीले विचार गर्नु पथ्र्यो।

‘नेपाल त्यसै पनि धनी देशमा आउन सक्थ्यो। यहिँ रोजगारी सिर्जना हुन सक्यो। तर दुभाग्य हामीका यस्तो राजनीतिक दर्शन छ कि समाजवादी दर्शन भयो,’ राउतले भने, ‘आज जेफ वेजोफ र बिल गेट नेपाली भएर जन्मेको भए उनीहरु हँसियाले घाटी छिनाइन्थ्यो होला।’

साथै उनले सरकारी स्वामित्वको नेपाल टेलिकम मात्र हुँदा एउटा सिम लिन दुई/तीन महिना कुर्नु पर्ने र नेताको सोर्स फोर्स लगाउनु पर्ने अवस्था रहेको पनि स्मरण गरे। निजी क्षेत्र प्रतिस्पर्धामा आए पछि त्यही सिमकार्ड एकै व्यक्तिले ५/१० ओटा राख्न पाएका छन्। राज्यको नियन्त्रणमा हरेका हरेक क्षेत्र डुबेको उनको भनाइ छ। यस्तो अवस्थाका बावजुत पनि अर्थतन्त्रमा ८१ प्रतिशत निजी क्षेत्रको योग्दान रहेको पनि उनले जानकारी दिए।

प्रकाशित: ५ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...