टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज

  • Technology Khabar | ५ चैत्र २०८०, सोमबार

काठमाडौं ।

सिमकोट गाउँपालिका– ७ को स्याँडा स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज भएको छ । विशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले बिहीबारबाट यो सेवा सुरु गरेको हो।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बिरामीलाई काठमाडौंमा रहँदै आएका विशेषज्ञ चिकित्सकबाट परामर्श लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको बताए। आधार विकास नेपालले चिकित्सकबाट परामर्श दिने व्यवस्थाका लागि आर्थिक सहयोग गरेको छ।

सेवा सुरु भएको दिन काठमाडौंबाट डा. घनश्याम शाहले सेवा दिएका थिए। सेवा सुरु भएपछि विभिन्न रोगका ११ जना बिरामीले उपचार पाएका छन्।

यद्यपी यो सेवा अब स्वास्थ्य चौकीमा महिनाको दुई पटक प्रदान गरिनेछ। स्वास्थ्य चौकीमा आउने बिरामीको रोगको अवस्था हेरी अन्य विशेषज्ञ चिकित्सकको व्यवस्था आधार विकासले गर्नेछ। आधार विकास नेपालका शिक्षा अधिकृत कन्जोक लामाकाअनुसार बिरामीको रोगबारे जानकारी र समाधानको उपाय मात्र नभएर बिरामीलाई औषधीको व्यवस्था गरिनेछ। गोरखापत्रबाट

प्रकाशित: ५ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार