
काठमाडौं ।
अमेरिकी दूरसञ्चार क्षेत्रको नियामकले देशभित्र प्रयोग हुने ब्रोडब्यान्ड बेन्चमार्कको मापदण्ड बढाएको छ।
फेडरल कम्युनिकेसन्स कमिशन (एफसीसी) ले ब्रोडब्यान्ड स्पीड बेन्चमार्कलाई १०० एमबीपीएस डाउनलोड र २० एमबीपीएस अपलोडमा पुर्याएको बताएको छ।
नयाँ मापदण्ड यसअघि सन् २०१५ मा तय गरिएको २५/३ बेन्चमार्कबाट चार गुणाले बढेको हो।
नयाँ फिक्स्ड स्पीड बेन्चमार्क विभिन्न संघीय र राज्य कार्यक्रमहरूमा पहिले नै प्रयोग गरिएका मापदण्डहरू, साथै उपभोक्ता उपयोग ढाँचामा आधारित छ। यो वास्तवमा अहिलेनै इन्टरनेट सेवा प्रदायकहरूबाट उपलब्ध भएको र बजारीकरण गरिएको स्तरको आधारमा तय गरिएको बताईएको छ।
प्रकाशित: ५ चैत्र २०८०, सोमबार