बीवाईडी ई२ ग्लोरी एडिसन इलेक्ट्रिक ह्याचब्याक चीनमा अनावरण

Technology Khabar ४ चैत्र २०८०, आईतवार

काठमाडौं ।

चिनियाँ ईभी निर्माता बीवाईडीले नयाँ ई२ ग्लोरी एडिसन इलेक्ट्रिक ह्याचब्याक लन्च गरेको छ। आफ्नो पूर्ववर्ती भन्दा सस्तो मूल्य ट्यागको साथ आएको यो नयाँ ईभी अब चीनमा प्रि–अर्डरको लागि उपलब्ध भएको जनाइएको छ।

नयाँ मोडलको दोस्रो लक्जरी अप्सन (विकल्प) मा विभिन्न स्तरवृद्धिहरू फिचर गरिनुका साथै स्ट्याण्डर्ड मोडलको तुलनामा लगभग १,००० अमेरिकी डलर महँगो छ।

फिचर्स

बीवाईडी ई२ ग्लोरी एडिसनमा ४०५ किलोमिटरको सीएलटीसी रेन्जसहितको ७० किलोवाटको मोटर समावेश गरिएको छ। मूल बीवाईडी ई२ ईभीहरू गत वर्ष रिलिज गरिएको थियो र यसको हालको पुनरावृत्ति भन्दा धेरै महँगो पनि भएको थप उल्लेख छ।

ई२ ग्लोरी एडिसन ईभी बीवाईडीको ई–प्लेटफर्म ३.० मा आधारित रहेका छ र यसको अधिकतम टर्क १८०एनएम भएको उल्लेख गरिएको छ। साथै यसमा ४३.२ वाटआवरको ब्याट्री समावेश गरिएको छ भने यसले भेहिकल टु लोड (भीटुएल) टेक्नोलोजी प्रयोग गरेको र जसले चालकलाई ३.३ किलोवाट आउटपुट सम्मको एक्स्टर्नल डिभाइस (बाह्य उपकरण) लाई पावर गर्नका लागि अनबोर्ड ब्याट्री प्रयोग गर्न अनुमति दिने उल्लेख गरिएको छ।

त्यसैगरी ईभीमा रोटेटिङ्ग इन्फोटेनमेन्ट स्क्रिन र रिभर्सिङ क्यामरा सिस्टम (प्रणाली) को स्मार्टफोन एनएफसी की पनि फिचर गरिएको जनाइएको छ। साथै उक्त इन्फोटेनमेन्ट स्क्रिन स्ट्यान्डर्ड मोडलमा १०.१ इन्च चौडाइको हुने छ भने लक्जरी संस्करणमा १२.८ इन्च चौडाइको रहने उल्लेख गरिएको छ।

ई२ ग्लोरी एडिसन बीवाईडी ओशन सिरिजको एक हिस्सा भएको र जसको पहिलो ई२ मोडलहरू सन् २०१९ मा डेब्यु गरिएको उल्लेख छ। त्यसैगरी बीवाईडीले आफ्नो र अन्य चिनियाँ उत्पादकहरूमा बढ्दो ट्यारिफ प्रतिबन्धहरूको मागका साथ अमेरिकामा सिगल ग्लोरी एडिसन पनि लन्च गरेको छ।

बीवाईडी ई२ ग्लोरी एडिसनको स्ट्यान्डर्ड मोडलको लागि ८९,८०० युआन (१२,५०० अमेरिकी डलर) र लक्जरी एडिसन संस्करणको लागि ९६,८०० युआन (१३,५०० अमेरिकी डलर) को प्रारम्भिक मूल्य रहेका छन्।

साथै बीवाईडी ई२ को २०२३ एडिसन संस्करणको मूल्य १०२,८०० युआन (१४,३०० अमेरिकी डलर) र १०९,८०० युआन (१५,३०० अमेरिकी डलर) भएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ४ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया