एप्पलको नयाँ पेटेन्टमा डिभाइस–एज डिस्प्लेको उल्लेख, आईफोन र आईप्याडको साइडमा टच बार

Technology Khabar ४ चैत्र २०८०, आईतवार

काठमाडौं ।

एप्पललाई युनाइटेड स्टेट्स ट्रेडमार्क एण्ड पेटेन्ट अफिस (युएसपीटीओ) ले आईफोन र आईप्याडको अनौठो डिजाइनको लागि अर्को एक पेटेन्ट प्रदान गरेको छ।

यसले डिभाइसको साइडमा टचस्क्रिन डिस्प्ले समावेश गर्नेछ। साथै यसले पहिले म्याकबुक प्रो मोडलहरूमा फिचर गरिएको टच बारको धेरै सम्झना दिलाउने भएतापनि यसमा फङ्गसनालिटीहरूको फराकिलो दायराको आशा गरिएको छ।

साइड डिस्प्लेले मल्टिपर्पोज पूरा गर्ने जनाइएको छ। यसले कन्ट्रोल बटनहरु र युजर इन्टरफेसहरू डिस्प्ले गर्नुका साथै ब्याट्री लाईफ (जीवन) र मौसम जस्ता स्थिति जानकारी प्रदान गर्दै अतिरिक्त कन्ट्रोल अप्सन्स (नियन्त्रण विकल्पहरू) पनि प्रदान गर्न सक्ने उल्लेख गरिएको छ।

भौतिक बटनहरू र प्राथमिक डिस्प्लेको आवश्यकतालाई घटाउँदै आफ्नो आईफोनमा साइड (छेउ) को डेडिकेटेड (समर्पित) डिस्प्ले मार्फत भोल्युम समायोजन गरेको वा गीतहरू स्किप गर्ने जस्ता सुबिधाहरु आउन सक्नेछन्।

यसले एप्पलको भविष्यमा पातलो र थप मिनिमलिस्ट (न्यूनतम) डिजाइन निर्माण गर्ने अभिप्रायलाई सुझाव दिएको हुन सक्ने र यदि कम्पनीले बजारमा कुनै समय आफ्नो फोल्डेबल डिभाइसरूलाई ल्याएको खण्डमा यो उक्त फोल्डेबल डिभाइसरूको पूरक हुने अपेक्षा गरिएको छ।

भर्चुअल बटनहरूले भौतिक बटनहरूलाई प्रतिस्थापन गर्नुको सट्टा, साइड स्क्रिनहरू रिकन्फिगुरेबल योग्य हुनेछ जसले कन्ट्रोलहरू र हालको गतिविधिसँग सान्दर्भिक जानकारी प्रदर्शन गर्नेछ। त्यसैगरी यसले थप व्यक्तिगत प्रयोगकर्ता अनुभवको लागि ढोका खोल्ने जनाइएको छ।

हाल यस टेक्नोलोजीको आधिकारिक रिलीज टाइमलाइन भने अज्ञात रहेको र यो प्याटेन्टले एप्पल जस्ता कम्पनीहरूले स्मार्टफोनमा अर्को ठूलो चीज निर्माण गर्न निरन्तर प्रयास गरिरहेका देखाउने गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: ४ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया