Technology Khabar ३ चैत्र २०८०, शनिबार
काठमाडौं ।
सामसङले गत वर्षको ग्यालेक्सी जेड फ्लिप५ मा ३.४ इन्चको कभर स्क्रिन समावेश गरेको थियो। साथै ३.४ इन्चको उक्त कभर स्क्रिन जेड फ्लिप४ र फ्लिप३ को सानो १.९ इन्च प्यानलहरूको तुलनामा ठूलो अपग्रेड हुनेछ।
यसै क्रममा भरपर्दो लीकस्टर एटदग्यालोक्सबाट आएको स्पेस शीटको नयाँ अफवाह अनुसार आगामी फ्लिप६ मा ३.९ इन्चको अझै ठूलो कभर स्क्रिन समावेश गरिनेछ। यसबाहेक, नयाँ चर्चाले अपडेट गरिएको कभर स्क्रिनमा गोरिल्ला ग्लास आर्मर सुरक्षा पनि रहने थप सुझाव दिएको छ।
त्यसैगरी सामसङले ६.७ इन्चको मेन (मुख्य) स्क्रिन र ठूलो कुलिङ सिस्टम (प्रणाली) को साथमा सुधारिएको हिन्ज र इन्टर्नल (आन्तरिक) लेआउट समावेश गर्ने अपेक्षा गरिएको छ। साथै फोल्डेबलमा १२ जीबी सम्मको र्यामलाई स्न्यापड्रागन ८ जेन ३ चिपसेटसँग पेयर्ड गरिने अपेक्षा गरिएको छ जुन सामसङले आफ्नो फ्लिप सिरिजमा पहिलो पटक ८ जीबी भन्दा बढीको र्याम प्रदान गर्न लागेको हो।
यसबाहेक, फोल्डेबलमा पछाडि ५० मेगापिक्सेलको मुख्य क्यामराको साथमा १२ मेगापिक्सेलको अल्ट्रावाइड लेन्ससहित जोडा सेन्सरहरू समावेश गरिने जनाइएको छ। सामसङले ग्यालेक्सी एस२४ सिरिजमा जस्तै आफ्ना ग्यालेक्सी एआई सुविधाहरूको साथमा ७ वर्षको सफ्टवेयर र सुरक्षा अपडेटहरू पनि प्रदान गर्ने थप उल्लेख गरिएको छ।
फ्लिप६ ले ४,००० एमएएच ब्याट्री प्राप्त गर्ने अफवाह पनि रहेको छ जुन फ्लिप ५ को ३,७०० एमएएच सेलको तुलनामा अपग्रेड हुनेछ। सामसङले फ्लिप६ लाई जुलाईमा हुने ग्यालेक्सी अनप्याक्डमा फोल्ड६ र ग्यालेक्सी रिङ सँगसँगै घोषणा गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ३ चैत्र २०८०, शनिबार