Technology Khabar २ चैत्र २०८०, शुक्रबार
काठमाडौं ।
चीनले बिहीबार संयुक्त राज्य अमेरिकालाई छोटो-भिडियो एप टिकटकलाई लक्षित गर्दै अमेरिकी विधेयक पारित गरेपछि अन्य देशका कम्पनीहरू माथिको अव्यावहारिक दमन रोक्न आह्वान गरेको छ।
अमेरिकी पक्षले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई इमान्दारीपूर्वक सम्मान गर्नुपर्छ र सबै देशका उद्यमहरूलाई खुला, निष्पक्ष, न्यायपूर्ण र गैर-भेदभावरहित वातावरण उपलब्ध गराउनुपर्ने चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले भने।
सम्बन्धित पक्षहरूले चिनियाँ कानून र नियमहरूको कडाईका साथ पालना गर्नुपर्छ र चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्ने उनले पत्रकार सम्मेलनमा भने।
यस हप्ताको सुरुमा, यूएस हाउस अफ रिप्रिजेन्टेटिभ्सले एउटा विद्येयकलाई अनुमोदन गर्यो जसले टिकटकलाई यसको मूल कम्पनी, चिनियाँ टेक विशाल बाइटडान्सबाट अलग गर्न वा संयुक्त राज्य अमेरिकामा राष्ट्रव्यापी प्रतिबन्धको सामना गर्नुपर्ने व्यवस्था गरेको छ।सिन्ह्वा
प्रकाशित: २ चैत्र २०८०, शुक्रबार