क्वालकमले भारतमा शुरु गर्यो नयाँ चिप केन्द्र, सिक्सजी, वाईफाई र वायरलेस कनेक्सनमा काम गर्ने

  • Technology Khabar | २ चैत्र २०८०, शुक्रबार
क्वालकमले भारतमा शुरु गर्यो नयाँ चिप केन्द्र, सिक्सजी, वाईफाई र वायरलेस कनेक्सनमा काम गर्ने

काठमाडौं ।

विश्वको सबैभन्दा लोकप्रिय चिप निर्माता कम्पनी क्वालकमले बिहीबार भारतको चेन्नईमा नयाँ चिप डिजाइन केन्द्रको उद्घाटन गरेको छ। यो नयाँ चिप डिजाइन केन्द्रका लागि कुल भारु १७७.२७ करोड लगानी गरिएको छ।

यस केन्द्रको काम भारतमा ताररहित कनेक्टिभिटी बढाउने र नयाँ वाईफाई प्रविधिहरू विकास गर्ने हुनेछ।

यसबाहेक, चिप निर्माता कम्पनी क्वालकमले चेन्नईमा खोलेको यो केन्द्रका कारण करिब १६०० नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ, जो प्रविधि विशेषज्ञ हुनेछन्। यस बाहेक, क्वालकमले भारत सरकारको मेक इन इन्डिया भिजनमार्फत सेमीकन्डक्टर डिजाइनमा मद्दत प्राप्त गर्नेछ। यो कम्पनी र यसका नयाँ केन्द्रहरूले बलियो स्वदेशी डिजाइन इकोसिस्टम बढाउन पनि मद्दत गर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

यी सबै कुराहरू बाहेक, यस केन्द्रको उद्घाटनसँगै, क्वालकमले भारत सरकारको ६जी भिजन अन्तर्गत भारतको सिक्सजी विश्वविद्यालय अनुसन्धानलाई आफ्नो समर्थनको घोषणा गरेको छ।

प्रकाशित: २ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २ चैत्र २०८०, शुक्रबार