स्पोटिफाईका प्रिमियम सदस्यहरूका लागि म्युजिक भिडियो फिचर रोल आउट

  • Technology Khabar | २ चैत्र २०८०, शुक्रबार
स्पोटिफाईका प्रिमियम सदस्यहरूका लागि म्युजिक भिडियो फिचर रोल आउट

काठमाडौं ।

स्पोटिफाईले बुधबार ११ ओटा बजारहरूका लागि आफ्नो एपमा म्युजिक भिडियो फिचर रोल आउट गर्न शुरु गरेको छ।

बजारहरूको उक्त सूचीमा बेलायत, जर्मनी, इटाली, नेदरल्याण्ड, पोल्याण्ड, स्वीडेन, ब्राजिल, कोलम्बिया, फिलिपिन्स, इन्डोनेसिया र केन्या रहेको छ। प्रारम्भमा यो फिचर (सुविधा) बीटामा हुनेछ भने केही समयको लागि यसमा भिडियोहरूको सीमित सूची हुने उल्लेख गरिएको छ।

यद्यपि भिडियोहरूको उक्त सीमित सूचीमा एड शेरेन, डोजा क्याट र आइस स्पाइस जस्ता विश्वव्यापी कलाकारहरूका हिटहरू समावेश गरिएको छ भने अलुना र असाके जस्ता “लोकल फेभरेट”हरू पनि समावेश छ।

म्युजिक भिडियोहरू हेर्नको लागि, ती ११ बजारहरू मध्ये एकमा प्रयोगकर्ता रहनुका साथै प्रिमियम सदस्य पनि हुनपर्ने कम्पनीले बताएको छ। भिडियोहरू आईओएस र एन्ड्रोइडका साथै वेबसाइट र टिभी एपहरूमा स्पोटिफाईको एपमा उपलब्ध हुने उल्लेख गरिएको छ।

अडियोबाट भिडियोमा स्विच गर्नको लागि सपोर्टेड सङ्ग (समर्थित गीत) सुनिरहेको खण्डमा स्विच टू भिडियो टगलमा थिच्न सकिने जनाइएको छ। एकचोटि स्विच टू भिडियो टगल गरिसकेपछि म्युजिक भिडियो नाउ प्ले भ्यू भित्र सुरुदेखि प्ले हुन थाल्ने उल्लेख छ।

त्यसैगरी कुनै पनि बिन्दुमा स्विच टु अडियो पनि थिच्न सकिने थप उल्लेख गरिएको छ। साथै फोनमा भिडियो हेर्दै गर्दा त्यसलाई ल्यान्डस्केप मोडमा बदल्दा भिडियो फुल स्क्रिन हुनेछ।

स्पोटिफाईले प्रयोगकर्ताहरू र कलाकारहरू दुवैबाट प्रतिक्रियाको आधारमा म्युजिक भिडियो सुविधाहरूमा “नवीनता र पुनरावृत्ति गर्न जारी” राख्ने वाचा गरेको छ। साथै फङ्गसनालिटीको भौगोलिक उपलब्धतासँगै म्युजिक भिडियोहरूको सूची पनि क्रमशः विस्तार हुँदै जाने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार