सामसङले फेरी आयताकार ग्यालेक्सी वाचेज ल्याउने योजनामा

  • Technology Khabar | २ चैत्र २०८०, शुक्रबार
सामसङले फेरी आयताकार ग्यालेक्सी वाचेज ल्याउने योजनामा

काठमाडौं ।

सन् २०१३ मा सामसङले ग्यालेक्सी गियर अर्थात रेकट्रयांगुलर (आयताकार) स्क्रिन भएको स्मार्टवाच बनाएको थियो। त्यसैगरी समान फर्म फ्याक्टरलाई पछ्याउँदै कम्पनीले गियर २ र गियर लाइभ पनि उत्पादन गरेको थियो।

त्यसपश्चात कम्पनी भने राउन्ड स्मार्टवाचहरूमा पूर्ण रूपमा प्रतिबद्ध रहेको देखिँदै आएको छ। तर मंगलबार देखा परेको एक नयाँ रिपोर्टलाई विश्वास गर्ने हो भने अब त्यो चाँडै परिवर्तन हुन लागेको छ।

कोरियाली कम्पनीले फेरि एक पटक स्क्वायर (वर्गाकार) वा रेक्ट्रयांगुलर (आयताकार) स्मार्टवाचेज बनाउने र यस पटक तिनीहरू निश्चित रूपमा ग्यालेक्सी वाच ब्रान्ड हुने उल्लेख गरिएको छ।

यस विचारलाई हाल सामसङ भित्र आन्तरिक रूपमा निकै “उत्साहपूर्वक” विचार गरिँदैछ र यो (स्क्वायर/रेक्ट्रयांगुलर सेप) (वर्गाकार/आयताकार आकारमा) स्विच हुने धेरै सम्भावना रहेको रिपोर्टले दावी गरेको छ।

यद्यपि नयाँ रेक्ट्रयांगुलर (आयताकार) ग्यालेक्सी वाचलाई ग्यालेक्सी वाच ७ को रुपमा सामसङको नेक्स्ट–जेन फोल्डेबल्ससँगै जुलाईको सुरुवातमा लन्च गरिने छ वा त्यसलाई हेर्नको लागि थप एक वर्षसम्म कुर्नुपर्ने बारेमा भने कुनै जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार