Technology Khabar २ चैत्र २०८०, शुक्रबार
काठमाडौं ।
छोटो भिडियो एप टिकटकले अब ‘फोटो सेयरिङ’ नामक एउटा नयाँ एभिन्यूको एक्सप्लोर गरिरहेको देखिएको छ। एक टेक रिसर्चर (प्राविधिक अनुसन्धानकर्ता) ले पछिल्लो टिकटक अपडेटलाई डिकम्पाइलिङ गर्दै लुकेको कोडलाई पत्ता लगाए, जसले “टिकटक फोटोज” नामक नयाँ एपको संकेत गरेको छ।
यो सम्भावित नयाँ एपले हालको प्रणालीका केही सीमितताहरूलाई सम्बोधन गर्न सक्ने र जहाँ प्रयोगकर्ताहरूले स्लाइड शो–जस्तो भिडियोको रूपमा तस्बिरहरू पोस्ट गर्ने उल्लेख गरिएको छ। “टिकटक फोटोज” ले तस्बिरहरू सेयर गर्नका लागि समर्पित प्लेटफर्मको सुझाव दिने र प्रयोगकर्ताहरूलाई थप नेचुरल एक्सपिरियन्स (प्राकृतिक अनुभव) पनि प्रदान गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी लीक भएको कोडले प्रयोगकर्ताहरूलाई उनीहरूको दर्शक विस्तार गर्न र प्रक्रियालाई सुव्यवस्थित गर्न मद्दत गर्न सक्ने सुविधाहरूको बारेमा पनि उल्लेख गरेको छ।
साथै “फोटोरूको आनन्द लिने समान विचारधारा भएका मानिसहरूसम्म पुग्ने” प्रणालीको रुपमा यसको एउटा सम्भावना रहेको र जसले प्रयोगकर्ताहरूलाई फराकिलो फोटो–केन्द्रित समुदायहरूसँग जोड्ने सम्भावना भएको उल्लेख गरिएको छ।
कोडले नयाँ एपमा अब अवस्थित टिकटक फोटोहरू सिंक गर्नको लागि वैकल्पिक सुविधाको सुझाव दिएको र यसले पिक्चर्स रि-अपलोड (पुनः अपलोड) गर्ने आवश्यकतालाई पनि हटाउने उल्लेख गरिएको छ।
भिजुअल रूपमा, लीक भएका आइकनहरूले अवस्थित प्रयोगकर्ताहरूलाई परिचित लुक र फिल (अनुभूति) प्राप्त गर्ने उल्लेख गर्दै मौलिक टिकटक एपको कलर स्किमसँग मिल्दोजुल्दो डिजाइनलाई संकेत गरेको जनाइएको छ।
यसको सही लन्च डेट र क्षेत्रीय उपलब्धताको बारेमा जानकारीहरु अज्ञात रहेको वस्भामा लीक भएको कोडले भने “टिकटक फोटोज” एन्ड्रोइड र आईओएस डिभाइसहरूको लागि “चाँडै आउँदैछ” भन्ने उल्लेख गरेको छ।
प्रकाशित: २ चैत्र २०८०, शुक्रबार