ताजा समाचार

महिनामा दुई दिन पनि चल्दैनन् एटिएम

महिनामा दुई दिन पनि चल्दैनन् एटिएम
सांकेतिक तस्विर
Global IME Bank

सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कले हरेक शाखामा ग्राहकको सुविधाका लागि एटिएम मेसिन जडान गरेर सेवा दिने प्रयत्न गरेको भए पनि एटिएम मेसिन नवलपरासीपूर्वमा प्रयोगविहीन हुन थालेपछि ग्राहकसमेत अन्योलमा पर्न थालेका छन्।

नवलपरासीपूर्वको गैँडाकोट, रजहर र कावासोतीमा राष्ट्रिय वाणिज्य बैङ्कको तीन वटा शाखा र एटिएम मेसिन रहेका छन् तर महिनामा दुई/तीन दिनबाहेक प्रायः बन्द हुने र बन्द नहुँदा पनि सेवा दिन नसक्ने अवस्थामा रहेकाले यहाँका एटिएमले ग्राहकको विश्वास जित्नुको साटो घटाइरहेको गैँडाकोटका सञ्जीव तिवारीले बताए।

जनताको धेरै विश्वास रहेको सरकारी बैङ्कमा चेकबाट रकम निकालेर घरमा राख्नुभन्दा चहिएको समयमा थोरै थोरै एटिएमबाट झिकेर घर खर्च चलाउन सजिलो हुने बुलिङटारका प्रेमबहादुर मगरले बताए। राष्ट्रिय वाणिज्य बैङ्क त भरपर्दो भएकाले आफूले सधैँ एटिएमबाट मात्रै पैसा झिक्ने गरेको तर विगत एक महिनादेखि एटिएमले काम नगर्दा समस्या भएको मगरले बताए। गोरखापत्रबाट 

Sajilo Visa
easy care