बिहानैदेखि मोबाइल वालेटहरुका साथै केहि बैंकका मोबाइल एपबाट भुक्तानी गर्न समस्या

Technology Khabar २९ फाल्गुन २०८०, मंगलवार

काठमाडौं ।

आज बिहानदेखिनै केहि बैंकका मोबाइल एपहरुमा समस्या देखिएको छ। यसैगरी मोबाइल वालेटहरुमा पनि भुक्तानीको समस्या आएको छ।

मोबाइल बैंकिङ्ग प्रयोग गर्ने पसलेहरु र ग्राहकहरुले बिहानैदेखि भुक्तानीको समस्या भोगेका छन्।

गठ्ठाघरस्थित खुद्रा पसले राजिवले आज बिहानदेखि मोबाइल वालेटबाट भुक्तानीमा समस्या आउँदा केहि ग्राहकहरुले सामाननै नलगेको बताए।

उनकाअनुसार केहि बैंकको एप पनि नखुलेपछि अप्ठ्यारो परेको बताए।

यसैगरी पसलमा सामान लिन आएका एक ग्राहकले बैंकको एप तथा वालेटबाट भुक्तानी गर्न नसकिएको उल्लेख गरे।

उनीहरुकाअनुसार प्रभु बैंकको एपनै खुल्न सकेको छैन् भने अन्य बैंकबाट इसेवा, खल्ली लगायतका वालेटमा भुक्तानी हुँदा इरर देखाईरहेको छ।

“सामान किनेपछि मैले नबिल बैंकबाट इसेवामा रकम भुक्तानी गर्न खोज्दा इरर देखायो,” एक ग्राहकले भने।

उनकाअनुसार भुक्तानीका लागि रकम पठाउँदा जाँदैन फेरी पठाउँदा समस्या देखाउँछ।

प्रकाशित: २९ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया