एक्सपेङ्ग एरोहटले पहिलो पटक चीनमा आफ्नो फ्लाईङ्ग कारको उडान गर्यो

Technology Khabar २९ फाल्गुन २०८०, मंगलवार

काठमाडौं ।

चिनियाँ अटो कम्पनी एक्सपेङ्गको सहायक कम्पनी एक्सपेङ्ग एरोहटको एक्स २ फ्लाइङ कारले मार्च ८ मा केन्द्रीय शहर ग्वाङ्झाउमा आफ्नो पहिलो मिसन सञ्चालन गरेको कम्पनीले घोषणा गरेको छ।

यो सहरी हवाई यातायात र कम उचाइयुक्त पर्यटन सहित भविष्यको कम-उचाई एप्लिकेसन परिदृश्यहरूको लागि अनुभव संकलन गर्ने उद्देश्य भएको एक्सपेङ्ग एरोहटले भनेको छ।

एक्सपेङ एरोहटले उडान कार परीक्षणको मार्गलाई शहरी हवाई यातायात र पर्यटकीय स्थलको रूपमा प्रयोग गर्न सकिने बताएको छ।

“उडान कार्यक्रमले एक्सपेङ एरोहटका उत्पादनहरूले जटिल सहरी वातावरणमा प्रयोगको माग पूरा गर्न सक्ने कुरा प्रमाणित गर्छ,” कम्पनीले भन्यो।

एक्सपेङ र एक्सपेङ एरोहट दुबै चीनको ग्वांगझौउ, गुआंग्डोङ्गमा आधारित छन्।

स्थानीय मिडियासँग भर्खरैको अन्तर्वार्तामा, एक्सपेङका अध्यक्ष र सीईओ हे सियाओपेङले उल्लेख गरे कि उनले एरोहटका कार्यकारीहरूलाई उडान कार बिक्रीमा जानु अघि कम्तिमा ५ हजार किलोमिटर ह्यान्ड्स अन अनुभव लिन आग्रह गरेका थिए।

एक्सपेङले अप्रिल २०२१ को शाङ्घाई अटो शोमा आफ्नो चौथो पुस्ताको उड्ने गाडी भोयाजर एक्स १ अनावरण गर्यो, जुन नियमित कारको आकारमा छ र पार्किङ ठाउँमा ठाडो रूपमा टेक अफ र अवतरण गर्न सकिन्छ।

जुलाई १६, २०२१ मा, कम्पनीले ३६० केजी तौल र ५६० केजीको अधिकतम टेकअफ तौल भएको पाँचौं पुस्ताको गाडी, एक्स २ अनावरण गर्यो। यसले एक पटकमा प्रतिघण्टा १३० किमी र ३५ मिनेटसम्म उडान भर्न सक्दछ।

प्रकाशित: २९ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया