सामसङ ग्यालेक्सी एम १५ ओएलईडी डिस्प्लेको साथ मध्यपूर्वमा डेब्यू

Technology Khabar २९ फाल्गुन २०८०, मंगलवार

काठमाडौं ।

सामसङले केही क्षेत्रहरूमा आफ्नो एन्ट्रि–लेभल (प्रवेश–स्तर) को ग्यालेक्सी एम१५ स्मार्टफोनलाई चुपचाप “घोषणा“ गरेको छ। उक्त ह्यान्डसेट आधिकारिक इराकी सामसङ वेबसाइट र मिडिल इस्ट क्षेत्रहरूमा देखा परेको उल्लेख छ।

यद्यपि, सूचीले कुनै पनि उपलब्धता वा मूल्यको बारेमा जानकारी प्रदान नगरेतापनि आधिकारिक तस्बिरहरुका साथै स्पेक्सका बारेमा सबै खुलासा गरेको छ।

ग्यालेक्सी एम१५ ले ९० हर्जमा टिकिङ गरिएको ६.५ इन्च ओएलईडी डिस्प्लेको साथ आफ्नो पूर्ववर्ती ‘एम१४’ मा रहेको आईपीएस एलसीडी प्यानललाई प्रतिस्थापन गरेर उल्लेखनिय रुपमा अपग्रेड ल्याएको छ। साथै यसको रिजोल्युसन एफएचडीप्लस रहेको छ।

त्यसैगरी डाइमेन्सिटी ६१००प्लसले एक्जिनोस १३३० लाई प्रतिस्थापन गरेको जनाइएको छ। साथै उक्त एसओसीलाई ४ जीबी र्याम र १२८ जीबीको इन्टर्नल स्टोरेजसँग पेयर्ड गरिएको छ भने उक्त इन्टर्नल स्टोरेजलाई माइक्रोएसडी कार्ड स्लट मार्फत थप रुपमा विस्तार गर्न मिल्ने उल्लेख छ।

क्यामरा डिपार्टमेन्टमा ५ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा, ५० मेगापिक्सेलको मुख्य सेन्सर र २ मेगापिक्सेलको म्याक्रो क्यामराहरू समावेश गरिएका छन्। साथै ग्यालेक्सी एम१५ ले एम१४ बाट १३५ मेगापिक्सेलको सेल्फी युनिट क्यामरा राखिएको छ।

ग्यालेक्सी एम१५ ले ६,००० एमएएच ब्याट्री समावेश गरेको छ भने ब्याट्रीले २५ वाटको चार्जिङ स्पिड समर्थन गर्ने छ। साथै नयाँ एम१५ ले एन्ड्रोइड १४ लाई आउट अफ द बक्स बुट गर्ने उल्लेख गरिएको छ।

साथै वेबसाइटमा सूचीबद्ध भएअनुसार सामसङको यस नयाँ एन्ट्रि–लेभल ग्यालेक्सी एम१५ स्मार्टफोन लाईट ब्ल्यु, डार्क ब्ल्यु र ग्रे (खैरो) गरी तीन ओटा रङ्गहरूमा उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २९ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया