सामसङले भारतको बेङ्गलुरुमा खोल्यो नयाँ प्रिमियम एक्सपिरियन्स स्टोर

  • Technology Khabar | २९ फाल्गुन २०८०, मंगलवार
सामसङले भारतको बेङ्गलुरुमा खोल्यो नयाँ प्रिमियम एक्सपिरियन्स स्टोर

काठमाडौं ।

सामसङले हालै भारतको बैंगलोरको ‘द मल अफ एशिया’ मा नयाँ प्रिमियम एक्सपिरियन्स स्टोर खोलेको छ।

१२०० वर्ग फिटमा फैलिएको उक्त स्टोरले सामसङका विभिन्न उत्पादन र सेवाहरू प्रदान गर्दै बेङ्गलुरुको उत्तरी भागहरूमा ग्राहकहरूलाई सेवा दिने लक्ष्य राखेको उल्लेख गरिएको छ।

स्टोरमा आउने ग्राहकहरूले निश्चित उपहारहरू, लोयल्टी पोइन्ट र चयन गरिएका ग्यालेक्सी उपकरणहरूमा सीमित–अवधिका अफरहरू लगायत विभिन्न सुविधाहरूको आनन्द लिन सक्ने जनाइएको छ।

यसबाहेक, त्यहाँ स्मार्टफोन, ल्यापटप र स्मार्टवाचहरूमा विद्यार्थी छुट र क्यासब्याक अफरहरू जस्ता विशेष लाभहरू चलिरहेको उल्लेख छ।

त्यसैगरी उक्त स्टोरले ‘लर्न एट सामसङ’ कार्यक्रमको एक भागको रूपमा विशेष गरी जेन जेड कन्ज्युमर्स र मिलेनियल्सका लागि ग्यालेक्सी वर्कशप (कार्यशाला) हरू पनि आयोजना गर्ने उल्लेख गरिएको छ। यी कार्यशालाहरूले एआई शिक्षा जस्ता विषयहरू समेट्ने जनाइएको छ।

यसबाहेक, ग्राहकहरूले सामसङको स्टोर प्लस इन्डलेस (अन्तहीन) आइसल प्लेटफर्म मार्फत फिजिटल (फिजिकल र डिजिटलको मिश्रण) किनमेलको अनुभव लिन सक्नेछन्।

स्टोरमा नवीनतम फ्ल्यागशिप स्मार्टफोन सिरिजहरू जस्तै – ग्यालेक्सी एस२४, ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ सहित सामसङ उत्पादनहरूको दायरा रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २९ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार