Technology Khabar २८ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
फर्च्यून म्यागजिनको रिपोर्ट पछि अर्बपति इलन मस्कले एक्सको लामो भिडियो छिट्टै टेलिभिजनमा उपलब्ध हुने भएका छन्। फर्च्यून म्यागजिनले सामाजिक सञ्जाल एक्सले अर्को हप्ता अमेजन र सामसङ प्रयोगकर्ताका लागि टिभी एप सुरु गर्ने योजना बनाएको रिपोर्ट गरेपछि मस्कबाट यस्तो भनाइ आएको हो।
प्लेटफर्मले गत अक्टोबरमा केही प्रयोगकर्ताहरूका लागि भिडियो र अडियो कलिङको प्रारम्भिक भर्सन रोल आउट गरेको थियो। मस्कले यसलाई मेसेजिङदेखि पियर–टु–पियर भुक्तानीहरूमा सेवाहरू प्रदान गर्ने सुपर एपमा परिणत गर्ने योजना बनाएका छन्।
‘चाँडै आउँदैछ,’ मस्कले एक प्रयोगकर्ताको पोस्टको एक्समा संक्षिप्त प्रतिक्रियामा भने कि प्लेटफर्मको लामो-फर्म भिडियोहरू सीधा स्मार्ट टिभीहरूमा हेर्न सकिन्छ।
यसअघि, फर्च्युनले यो एप गुगलको युट्युबले प्रस्ताव गरेको टिभी एपसँग मिल्दोजुल्दो हुन सक्ने बताएको थियो। फर्च्युनले एक अज्ञात स्रोतलाई उद्धृत गर्दै मस्क युट्युबसँग प्रतिस्पर्धा गर्न तयार भएको बताएको छ।
एक्सले एपको सम्बन्धमा विस्तृत विवरण भने उपलब्ध गराएको छैन।
‘भिडियो–फ्रर्स्र्ट प्लेटफर्म’ बन्नको लागि एक्सले पूर्व फक्स कमेन्टेटर टकर कार्लसन र पूर्व एन्कर डन लेमन लगायत व्यक्तिसँग साझेदारी गरिरहेको छ।
प्लेटफर्म २०२२ मा मस्कले किनेपछिको विवाद पछि विज्ञानपनदाताहरुलाई कायम राख्नका लागि संघर्ष गरिरहेको छ। पछिल्लो महिना विज्ञापनदाताहरूलाई निश्चित सामग्री सिर्जनाकर्ताहरूको छेउमा भिडियो विज्ञापनहरू चलाउन सक्षम बनाउने बताएको थियो।
प्रकाशित: २८ फाल्गुन २०८०, सोमबार