२२ अर्ब ६२ करोडको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात

  • Technology Khabar | २८ फाल्गुन २०८०, सोमबार
२२ अर्ब ६२ करोडको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात

काठमाडौं ।

नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात थोरैले बढेको छ। २२ अर्ब ६२ करोड ६८ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको तथ्यांकमा देखिन्छ।

गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा २१ अर्ब ६९ करोड १९ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो। टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयातको आयात ९३ करोड ४९ लाख रुपैयाँ अर्थात ४.३ प्रतिशतले बढेको छ।

नेपालमा सबैभन्दा बढी टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स चीनबाट आउने गरेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ। चीनबाट १६ अर्ब २४ करोड २६ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स चीनबाट आयात भएको छ।

भारतबाट ५ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ। अन्य मुलुकबाट ९१ करोड ९९ रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।

प्रकाशित: २८ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...