एप्पलको आईफोन र आईप्याडका लागि क्रिज बिनाको फोल्डेबल डिस्प्ले पेटेन्ट 

Technology Khabar २८ फाल्गुन २०८०, सोमबार

काठमाडौं ।

एप्पलले डिस्प्लेलाई क्रिज हुनबाट रोक्ने टेक्नोलोजीको पेटेन्ट दर्ता गराएको छ। यो पेटेन्ट दर्ता भएसँगै एप्पलले निकट भविष्यमा फोल्डेबल आईफोन वा आईप्याड लन्च गर्ने सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

डिस्प्लेलाई फोल्डिङ गर्ने क्षेत्रमा रासायनिक प्रशोधन गरेर पातलो बनाइने र त्यस क्षेत्रलाई सधैं स्मुथ राख्नका लागि विभिन्न सामग्री प्रयोग गरिने एप्पल पेटेन्टले बताएको छ।

एप्पलको फोल्डेबल स्क्रिन भएको पहिलो उत्पादन २०.३ इन्चको म्याकबुक हुने र उक्त म्याकबुक सन् २०२७ का लागि निर्धारित गरिएको विश्लेषक मिङ–ची कुओले दाबी गरेका छन्।

यद्यपि, कोरियाका उद्योग भित्रको स्रोतहरूले भने मिङ–ची कुओको दाबीको विपरित सन् २०२६ को लन्च एक यथार्थपरक लक्ष्य भएको दाबी गरेका छन्।

डिस्प्ले क्षेत्रमा रहेको ग्रुभहरूलाई ट्रान्सप्यारेन्ट कभर लेयर (पारदर्शी आवरण तह) ले काउन्टर गर्न सकिने र यसले डिस्प्ले प्यानललाई ओभरल्याप गर्ने एप्पलको पेटेन्टले बताएको छ। साथै बेन्ड एक्सिसलाई ओभरल्याप गर्दा, बेन्ड एक्सिससँग समानान्तर तवरले ग्लासको तहमा एउटा लामो ग्रुभ वा अन्य रिसेस बन्न सक्ने थप उल्लेख छ।

पातलो भागबाट बनाइएको, र स्थानीय रूपमा पातलो गरिएको भागलाई ग्रुभमा तरल पदार्थको रूपमा जम्मा गरिएको पोलिमरद्वारा बलियो बनाइनेछ र पछि यूभी प्रकाश, ताप, क्याटालिस्टका साथै अन्य उपचार प्रविधिहरू प्रयोग गरेर समाधान गरिनेछ।

त्यसैगरी ग्लासको सम्पूर्ण संरचना परिवर्तन गर्नुपर्ने हुन सक्ने प्याटेन्टले थप खुलासा गरेको छ। यसले ट्रिटेड (उपचारित) सर्फेस लेयर्स (सतह तहहरू)मा कम्प्रेसिभ स्ट्रेस (तनाव) सिर्जना गर्नेछ, जसले ग्लासलाई स्क्र्याचिङ र अन्य वेयर क्षतिको प्रतिरोध गर्न अनुमति दिने जीएसएमएरिनाले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: २८ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया