Technology Khabar २७ फाल्गुन २०८०, आईतवार
काठमाडौं ।
एप्पलले एपिक गेम्सको विकासकर्ता अकाउन्ट हटाएको केही समय पछि पुन एप स्टोरमा फिर्ता राखेको छ।
फोर्टनाईट गेम्सको निर्माता कम्पनीको अकाउन्ट हटाईएको बारेमा युरोपेली आयोगले डिजिटल मार्केट्स ऐन (डीएमए) को कुनै उल्लङ्घन भएको छ कि छैन भनेर हेर्नका लागि कुपर्टिनोमा आधारित कम्पनी विरुद्ध अनुसन्धान सुरु गरेको छ।
ईयू आयोगले डीएमए लागू गरेपछि एप्पलले युरोपेली विकासकर्ता खाता पुनर्स्थापित गरेको एपिक गेम्सका सीईओ टिम स्वीनीले एक्समा पोष्ट गरेका छन्। साथै ईयूको निर्णयले युरोपमा एपिक गेम्स स्टोरको लागि आईओएसमा बाटो बानइदिएको उनको भनाई छ।
एप्पलले आफ्नो प्लेटफर्ममा थर्ड–पार्टि (तेस्रो–पक्ष) एप स्टोरहरूलाई अनुमति दिँदैन्, जसले प्रत्यक्ष रूपमा ईयूको डिजिटल मार्केट ऐन उल्लङ्घन गर्ने भएकाले एप्पल र एपिक गेम्सका बीच यो विवाद लामो समयदेखि चलिरहेको छ।
थप कुराकानी पछि, एपिक स्वीडेन एबी नियमहरुसँग जानका लागि सहमत भएको र एप्पल डेभलपर प्रोग्राम पोलिसिज (विकासकर्ता कार्यक्रम नीतिहरु) मा सहमत भएपछि यसको खाता पुनर्स्थापित गरिने एप्पलले बताएको छ।
“एपिकसँगको कुराकानी पछि, तिनीहरूले हाम्रो डीएमए (डिजिटल मार्केट्स ऐन) नीतिहरू सहित नियमहरू पालना गर्न प्रतिबद्ध छन्,” एप्पलका प्रवक्ताले भनेको इन्ग्याजेटले रिपोर्ट गरेको छ। “परिणाम स्वरूपमा, एपिक स्वीडेन एबीलाई विकासकर्ता सम्झौतामा पुन: हस्ताक्षर गर्न अनुमति दिइएको छ र एप्पल विकासकर्ता कार्यक्रममा स्वीकार गरिएको छ।”
“एप्पलले हामीलाई भनेको छ र युरोपेली आयोगलाई प्रतिबद्ध छ कि उनीहरूले हाम्रो विकासकर्ता खाता पुनर्स्थापित गर्नेछन्,” एपिकले अपडेट गरिएको ब्लग पोस्टमा लेखेको छ, “यसले विकासकर्ताहरूलाई बलियो सङ्केत पठाउँछ कि युरोपेली आयोगले डिजिटल मार्केट ऐन लागू गर्न र गेटकीपरहरूलाई जवाफदेही बनाउन द्रुत रूपमा कार्य गर्नेछ। ”
यद्यपि एपिक गेम्सले अझै पनि एपिक गेम्स एप स्टोरका साथै फोर्टनाइटलाई युरोपमा आईओएसमा ल्याउने आफ्नो प्रतिबद्धताबाट पछाडि नहट्ने जीएसएमएरिनाले रिपोर्टमा उल्लेख गरेको छ।
प्रकाशित: २७ फाल्गुन २०८०, आईतवार