Technology Khabar २७ फाल्गुन २०८०, आईतवार
काठमाडौं ।
सदस्यतामा आधारित क्लाउड स्टोरेज सर्भिस (सेवा) गुगल वानले बेलायतमा बस्ने उपभोक्ताहरूका लागि केही अतिरिक्त लाभहरू प्रदान गर्ने भएको छ। प्रिमियम योजनामा अब फिटबिट प्रिमियम र नेस्ट अवेयर जस्ता अतिरिक्त सुविधाहरूको पूर्णरूपमा निःशुल्क आनन्द लिन सकिने उल्लेख छ।
आफ्नो मुख्य क्लाउड स्टोरेज अप्सन्स (१०० जीबीबाट सुरु हुने र ३० टीबी सम्म स्केलिङ हुने) को साथमा गुगल वानले बेनिफिट्स र फिचर्स (सुविधाहरू) को रेन्ज पनि प्रदान गर्ने ९टु५गुगलले रिपोर्ट गरेको छ।
सब्सक्रिप्सनको विद्यमान लाभहरूमा सबै योजनाहरूमा भीपीएन, पाँच सदस्यसम्म परिवार साझेदारी, गुगल फोटोज सम्पादन सुविधाहरू र गुगल प्ले क्रेडिटहरू समावेश रहेका छन्। शीर्षस्तरीय २ टीबी एआई प्रिमियम योजनाले जेमिनी एडभान्स्ड एक्सेस (उन्नत पहुँच) पनि प्रदान गर्दछ।
यस हप्तादेखि, कम्पनीले बेलायतमा गुगल वनका सदस्यहरूलाई दुई नयाँ सेवाहरू थपेको जनाइएको छ। गुगल वान २ टीबी प्रिमियम योजनामा अब कुनै अतिरिक्त शुल्क बिना नै फिटबिट प्रिमियम र नेस्ट अवेयर प्राप्त गर्ने उल्लेख गरिएको छ।
सर्च जायन्टले भन्यो ”फिटबिट प्रिमियम र नेस्ट अवेयर हाल बेलायतमा गुगल वान प्रिमियम योजनाहरूसँग उपलब्ध छन्।”
सामान्यतया फिटबिट प्रिमियम र नेस्ट अवेयरलाई प्रति महिना क्रमशः ९.९९ अमेरिकी डलर र ८ अमेरिकी डलर शुल्क लाग्ने गर्दछ।
नयाँ स्कीमले बेलायतमा गुगल वानको ग्राहकले नेस्ट अवेयर प्लसमा स्तरवृद्धि गर्न प्रति महिना ५.९९ पाउन्ड स्टर्लिङ्ग तिरेर स्तरवृद्धि गर्न सक्नेछन् भने जसले तपाईंलाई प्रति महिना १५ अमेरिकी डलरको मानक लागत बचत गर्न मद्दत गर्ने उल्लेख छ।
फिटबिट प्रिमियम फिटबिट एपको एक सब्सक्रिप्सन सर्भिस (सदस्यता सेवा) हो जसले व्यक्तिगत इनसाइटस्, तपाइँको स्लिप स्कोर ब्रेकडाउन, तपाइँको मासिक स्लिप (निद्रा) प्रोफाइल र तपाइँको फिटबिट तथ्याङ्कहरूमा आधारित एक वेलनेस रिपोर्ट प्रदान गर्दछ।
त्यसैगरी नेस्ट अवेयर भनेको नेस्ट उत्पादनहरूको सदस्यता हो र जसले तपाईंलाई आफ्नो घरमा भएका महत्त्वपूर्ण इभेन्टहरूको बारेमा जानकारी गराउन मद्दत गर्दछ।
बेलायतका प्रयोगकर्ताहरूले अब यी लाभहरूको आनन्द लिन सक्ने भए तापनि यी अतिरिक्त गुगल वान लाभहरू अन्य देशहरूमा उपलब्ध हुनेछन् कि छैनन् भन्ने बारेमा भने जानकारी नभएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २७ फाल्गुन २०८०, आईतवार