ब्राजिलमा बीवाईडीको म्यानुफ्याक्चरिङ कम्प्लेक्स निर्माण सुरु

  • Technology Khabar | २७ फाल्गुन २०८०, आईतवार
ब्राजिलमा बीवाईडीको म्यानुफ्याक्चरिङ कम्प्लेक्स निर्माण सुरु

काठमाडौं ।

चिनियाँ इलेक्ट्रिक सवारी जायन्ट बीवाईडीले ब्राजिलमा म्यानुफ्याक्चरिङ कम्प्लेक्स निर्माण सुरु गरेको छ।

ब्राजिलमा म्यानुफ्याक्चरिङ कम्प्लेक्स निर्माण सुरु गरेको बुधबार बीवाईडीले पुष्टि गरेको रोयटर्सले उल्लेख गरेको छ।

ब्राजिलको कम्प्लेक्स यस वर्ष २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा सञ्चालनमा आउने अपेक्षा गरिएको कम्पनीले बताएको छ।

पहिलो चरणमा प्रति वर्ष एक लाख ५० हजार युनिटको अनुमानित वार्षिक उत्पादन क्षमता भएको कम्प्लेक्सले सुरुमा डल्फिन ह्याचब्याक, डल्फिन मिनी, सोङ प्लस एसयूभी र युआन प्लस क्रसओभर लगायत मोडलहरू उत्पादन गर्नेछ।

प्रकाशित: २७ फाल्गुन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार