फेसबुकमार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाईदिने भन्दै भारतमा बेच्ने व्यक्ति पक्राउ

  • Technology Khabar | २४ फाल्गुन २०८०, बिहीबार
फेसबुकमार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाईदिने भन्दै भारतमा बेच्ने व्यक्ति पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

बुटवलको कपडा पसलमा काममा लगाईदिन्छु भन्दै भारत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-३ घर भएका २५ वर्षीय जीवन भन्ने रिक मन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

राईले फेसबुक मार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाईदिने प्रलोभनमा भारतको मुजफ्फरपुरमा लगेर बन्धक बनाई राखेको अवस्थामा नेपाल फिर्ता ल्याइएको प्रहरीले जानकारी दिएको छ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका राईलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रहरी वृत्त कालिमाटीको सहयोगमा पक्राउ गरेको हो।

मासिक ४० देखि ५० हजार रूपैयाँ तलब पाइने पसलमा काममा लगाईदिने प्रलोभन देखाई भारतको मुजफ्फरपुरस्थीत मोर्डन फेसन टेड्रमार्क नामक कम्पनीमा बुझाएको, कम्पनीमा काम गर्न ७ दिने तालिम लिनुपर्छ भनि १६ हजार रूपैयाँ लिएको, तालिम सकेपश्चात कम्पनीमा लगानीको लागि भन्दै जबरजस्ती १ लाख ८० हजार रूपैयाँ लिएको तथा कम्पनीको होस्टलमा बन्धक बनाई राखेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले उल्लेख गरेको छ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित: २४ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार