खल्ती र गरिमा विकास बैंक बिच डिजिटल रुपान्तरणका लागी रणनितिक सम्झौता

  • Technology Khabar | २४ फाल्गुन २०८०, बिहीबार
खल्ती र गरिमा विकास बैंक बिच डिजिटल रुपान्तरणका लागी रणनितिक सम्झौता

काठमाडौं ।

डिजिटल वालेट, खल्ती र गरिमा विकास बैंक लिमिटेड बिच डिजिटल भुक्तानी का लागी रणनितिक सम्झौता भएको छ।

सम्झौता अन्तर्गत अब गरिमा विकास बैंक बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन्।

यो साझेदारीसँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप-गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन्।

ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभी, इभेन्ट लगायतको टिकट खरिद सँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्ने बताईएको छ।

बैंक बाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरुले खल्तीबाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन्।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “डिजिटल नेपालको उदेश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हाल सम्म ५० भन्दा धेरै बैंकसँग हाते मालो गर्दै ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आईरहेका छ। यसै अनुरूप गरिमा विकास बैंक सँगको यो साझेदारीले डिजिटल नेपालको यात्रामा बलियो योगदान दिने कुरामा हामी विश्वस्त छौँ।”

प्रकाशित: २४ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार