Technology Khabar २४ फाल्गुन २०८०, बिहीबार
काठमाडौं ।
माइक्रोसफ्टले मार्च ५, २०२५ देखि विन्डोज ११ मा एन्ड्रोइड एपहरूलाई समर्थन गर्न बन्द गरेको घोषणा गरेको छ।
विशेष गरी, विन्डोज सबसिस्टम फर एन्ड्रोइडका (डब्ल्यूएसए) को लागि समर्थन बन्द गरिन लागिएको हो र यो विन्डोज ११ मा एन्ड्रोइड एपहरू चलाउनको लागि महत्त्वपूर्ण हुने गरेको/भएको उल्लेख छ।
सुरुमा सन् २०२१ मा प्रस्तुत गरिएको ‘डब्ल्यूएसए’ ले प्रयोगकर्ताहरूलाई सजिलैसँग एन्ड्रोइड एपहरू लोड गर्न वा अमेजन एप स्टोरबाट प्राप्त गर्न अनुमति दिने गरेको थियो। साथै यस फिचर (सुविधा) ले द्रुत रूपमा लोकप्रियता प्राप्त गरेको थियो। तर अब यसको भविष्य अनिश्चित देखिएको छ।
माइक्रोसफ्टको डब्ल्यूएसए समर्थन बन्द गर्ने निर्णय विकासकर्ता कागजातमा अपडेटमार्फत प्रकाशमा आएको हो। साथै यस परिवर्तनले विन्डोजमा रहेको अमेजन एपस्टोरका साथै डब्ल्यूएसएमा निर्भर कुनै पनि एप्लिकेसन्स वा गेम्स (खेलहरू) लाई असर गर्ने इन्ग्याजेटले रिपोर्ट गरेको छ।
एन्ड्रोइड समर्थन बन्द गर्ने माइक्रोसफ्टको घोषणासँगै अब मार्च अर्थात मंगलबारदेखि प्रयोगकर्ताहरूले विन्डोज ११ मा अमेजन एपस्टोर मार्फत नयाँ एन्ड्रोइड एप्सहरू स्थापना गर्न सक्षम नहुने उल्लेख गरिएको छ।
यद्यपि, यस अघि नै एपहरू इन्स्टल गरेकाहरूले भने मार्च ५, २०२५ सम्म प्रयोग गर्न जारी राख्न सक्ने र त्यसबेलासम्म अद्यावधिकहरू पनि उपलब्ध हुने उल्लेख गरिएको छ। यद्यपि त्यो मिति पछि के हुन्छ भन्ने बारेमा भने अहिले सम्म स्पष्ट नपारिएको उल्लेख गरिएको छ। एपहरूले पूर्ण रूपमा काम गर्न बन्द गर्नेछ वा आधिकारिक समर्थन मात्र गुमाउनेछ भन्ने बारेमा कुनै जानकारी उपलब्ध नभएको उल्लेख छ।
अमेजनले पनि समर्थनको अन्त्यको पुष्टि गरेको र विकासकर्ताहरूले मार्च ५ पश्चात विन्डोज ११ का लागि लक्षित नयाँ एप्सहरू पेश गर्न सक्षम हुनेछैनन्
यद्यपि अवस्थित एप्सहरू भएका विकासकर्ताहरूले विन्डोज ११ मा अमेजन एपस्टोर बन्द नभएसम्म अद्यावधिकहरू पेश गर्न सक्नेछन्।
माइक्रोसफ्टको निर्णयसँगै विन्डोज ११ मा एन्ड्रोइड एप्सको भाग्य अनिश्चित भएको छ। साथै कम्पनीले डब्ल्यूएसए समर्थन बन्द गर्ने बारेमा आधिकारिक कारणहरू उपलब्ध गराएको छैन।
प्रकाशित: २४ फाल्गुन २०८०, बिहीबार