Technology Khabar २४ फाल्गुन २०८०, बिहीबार
काठमाडौं ।
टेक्नोलोजी जायन्ट शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ मार्चको अन्त्यसम्म आधिकारिक रुपमा लन्च गर्ने तयारी गरेको छ।
अज्ञात आन्तरिक स्रोतलाई उद्धृत गर्दै चिनियाँ मिडियाले लान्जिङ्गरले यो जानकारी दिएको हो। शाओमीका अध्यक्ष लु वेइबिङले २०२४ को दोस्रो क्वाटरमा ईभी डेलिभरी गर्ने बताएका थिए। उक्त लन्च कार्यक्रम अध्यक्षको योजनालाई सहयोग पुग्ने गरी आयोजना गरिँदैछ।
रिपोर्टका अनुसार शाओमीले चीनमा ईभीको बिक्री र सेवाको लागि आफ्नो विशेष २एस स्टोरहरु निर्माण गर्न सुरु गरेको छ। शाओमीले चीनका टियर १ र टियर २ सहरहरु समेटेर सुरुवाती चरणमा ६० देखि ७० २एस स्टोटहरु निर्माण ( वा हालको स्टोरहरु सुधार गर्नेछ। रिपोर्टले अब छिट्टै एसयू७ को मूल्य सार्वजनिक हुनेतर्फ संकेत गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
जिकरका एक कार्यकारीले गत महिना शाओमी एसयू७ मार्च २८ मा लन्च हुने सुनेको बताएका थिए।
प्रकाशित: २४ फाल्गुन २०८०, बिहीबार