शाओमी एसयू७ मार्चको अन्त्यसम्म आधिकारिक रुपमा लन्च हुने

  • Technology Khabar | २४ फाल्गुन २०८०, बिहीबार
शाओमी एसयू७ मार्चको अन्त्यसम्म आधिकारिक रुपमा लन्च हुने

काठमाडौं ।

टेक्नोलोजी जायन्ट शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ मार्चको अन्त्यसम्म आधिकारिक रुपमा लन्च गर्ने तयारी गरेको छ।

अज्ञात आन्तरिक स्रोतलाई उद्धृत गर्दै चिनियाँ मिडियाले लान्जिङ्गरले यो जानकारी दिएको हो। शाओमीका अध्यक्ष लु वेइबिङले २०२४ को दोस्रो क्वाटरमा ईभी डेलिभरी गर्ने बताएका थिए। उक्त लन्च कार्यक्रम अध्यक्षको योजनालाई सहयोग पुग्ने गरी आयोजना गरिँदैछ।

रिपोर्टका अनुसार शाओमीले चीनमा ईभीको बिक्री र सेवाको लागि आफ्नो विशेष २एस स्टोरहरु निर्माण गर्न सुरु गरेको छ। शाओमीले चीनका टियर १ र टियर २ सहरहरु समेटेर सुरुवाती चरणमा ६० देखि ७० २एस स्टोटहरु निर्माण ( वा हालको स्टोरहरु सुधार गर्नेछ। रिपोर्टले अब छिट्टै एसयू७ को मूल्य सार्वजनिक हुनेतर्फ संकेत गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

जिकरका एक कार्यकारीले गत महिना शाओमी एसयू७ मार्च २८ मा लन्च हुने सुनेको बताएका थिए।

प्रकाशित: २४ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • २४ फाल्गुन २०८०, बिहीबार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • २४ फाल्गुन २०८०, बिहीबार

EU tells TikTok to change ‘addictive’ design

  • २४ फाल्गुन २०८०, बिहीबार