Technology Khabar २४ फाल्गुन २०८०, बिहीबार
काठमाडौं ।
वसन्त ऋतुको आगमनसँगै एप्पलले आफ्नो एप्पल वाच र आईफोन एक्सेसरिजको लागि कलर (रंगको) स्प्ल्याशको साथ सिजन मनाउँदैछ। एप्पलले आफ्नो लोकप्रिय एप्पल वाच ब्यान्ड्स र सिलिकन आईफोन केसहरूमा फ्रेस (ताजा) र हर्षित रंगहरूको डिलाइटफुल सेलेक्सन प्रदान गर्दै एप्पलले नयाँ लाइनअप अनावरण गरेको छ।
यस वर्षको स्प्रिङ्ग कलेक्सनमा ११ ओटा नयाँ एप्पल वाच ब्यान्डहरूसँगै लक्जरियस एर्मेस/अर्मेस ब्यान्ड कलेक्सन (सङ्कलन) मा १३ ओटा थप गरिएको छ। साथै एप्पल वाचको लागि नयाँ कलेक्सनले प्लेफुल प्यालेटलाई अँगालेको जनाइएको छ। स्पोर्ट लूप, ब्रेडेड सोलो लूप र सोलो लूप स्टाइल्स (शैलीहरू) सबैले सफ्ट मिन्ट, ओशन ब्लू, सनसाइन, लाइट ब्लू र रास्पबेरी जस्ता फ्रेस (ताजा) स्प्रिङ्ग–इन्सपायर्ड कलर्स (वसन्त–प्रेरित रंगहरू) प्राप्त गरेको उल्लेख छ।
यी चियरफुल अप्सन्स (हर्षित विकल्पहरू) ले एप्पल वाचलाई पर्सनलाइज (निजीकृत) गर्न र तपाइँको स्प्रिङ्ग वार्डरोबलाई पूरक बनाउनको लागि एक स्टाइलिश तरिका प्रदान गर्नेछ।
त्यसैगरी एप्पलको सिग्नेचर सिलिकनबाट क्राफ्ट गरिएको नयाँ आईफोन केसहरूले एप्पल वाच ब्यान्ड्सको भाइब्रेन्ट कलर्स (जीवन्त रंगहरू) प्रतिबिम्बित गरेको उल्लेख छ। यो सिमलेस कलर कम्बिनेसनले आईफोन र एप्पल वाच दुवैको लागि एक मिलनसार र स्टाइलिश लुक सिर्जना गर्न अनुमति दिनेछ।
त्यसैगरी एप्पल वाच ब्यान्डहरूको मूल्यहरू स्थिर राख्दै स्पोर्ट लूप र सोलो लूपको मूल्य ४९ अमेरिकी डलरबाट सुरु हुनेछ भने ब्रेडेड सोलो लूपको मूल्य ९९ अमेरिकी डलरबाट सुरु हुने उल्लेख गरिएको छ। यद्यपि, एर्मेस/अर्मेस ब्यान्डहरूले भने प्रिमियम प्राइस पोइन्ट (मूल्य बिन्दु) को कमाण्ड (आदेश) जारी राखेको र प्रत्येकलाई ३४९ अमेरिकी डलरमा खुद्रा बिक्री गर्नेछ।
प्रकाशित: २४ फाल्गुन २०८०, बिहीबार