काठमाडौं ।
बजार विश्लेषक क्यानालिसले प्रोसेसर विक्रेताको आधारमा सन् २०२३ को चौथो त्रैमासिकको स्मार्टफोन बजारको बारेमा एक रिपोर्ट प्रकाशित गरेको छ।
उक्त विश्लेषणले गत वर्षको अन्तिम त्रैमासिकमा २१ प्रतिशत वृद्धिको साथ मिडियाटेकले अन्य कुनै पनि चिप निर्माताको तुलनामा सबैभन्दा धेरै डिभाइसहरूहरुलाई संचालित गरेको खुलासा गरेको छ।
राजस्वको सन्दर्भमा भने एप्पलले २०२३ को चौथो त्रैमासिक (क्यू४ २०२३) मा शीर्ष स्थान हात पारेको उल्लेख छ। क्युपर्टिनो सिलिकन (केवल आईफोनहरुमा मात्र समावेश) भएको मोबाइल फोनहरुले अमेरिकी कम्पनीको लागि ८७ बिलियन अमेरिकी डलर राजस्व ल्याएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशत बढी भएको थप उल्लेख छ।
प्रतिवेदनमा केवल २०२३ को अक्टोबर–डिसेम्बर अवधि मात्र समावेश गरिएको छ। मिडियाटेक, एप्पल, र क्वालकम बजारको शीर्ष तीन चिपसेट प्रदायक बन्न सफल भएका थिए भने ह्वावे स्वामित्वको हाईसिलिकनले ७ मिलियन एकाइहरूको लागि ७ बिलियन अमेरिकी डलरको राजस्व हासिल गरेको छ। यसको अर्थ चिनियाँ कम्पनीले मुख्य रूपमा किरिन ९०००एस भएको नोभा १२ र मेट ६० फोनहरू १००० अमेरिकी डलर (औसत) प्रति युनिट बिक्री गरेको हो।
चीनको अर्को आश्चर्य भनेको युनिसक चिपसेट भएका फोनहरूले राजस्व र भोल्युम दुवैमा २४ प्रतिशत वर्षिक वृद्धि देखेको छ। साथै यस विक्रेताको एसओसी भएका आधा फोनहरू ट्रान्सन अन्तर्गतको भएको र उदीयमान बजारहरूमा लोकप्रिय रहेका ब्रान्ड इन्फिनिक्स, टेक्नो र आईटेल समावेश रहेको उल्लेख गरिएको छ।
सामसङ सेमीकन्डक्टरले एक्सिनोस चिपको साथ फोनको ढुवानीमा ४८ प्रतिशतको गिरवट देखेको छ भने यसले त्रैमासिक राजस्व ५ बिलियन अमेरिकी डलरमा ल्याएको र गत वर्षको तुलनामा ४४ प्रतिशत कम भएको जनाइएको छ।
यद्यपि एक्सिनोस २४००–पावर्ड (संचालित) ग्यालेक्सी एस२४ र ग्यालेक्सी एस२४प्लस को बिक्री बढेको देखिएको र ग्यालेक्सी ए५५ एक्सिनोस १४८० को साथ यो महिना आउने भएकाले सन् २०२४ को पहिलो भागमा थोरै वृद्धिको अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २३ फाल्गुन २०८०, बुधबार