एप्पल म्याकबुक एयर एम ३ तिब्रगतिको चिपसेट र वाईफाई–६ई को साथ लन्च

Technology Khabar २२ फाल्गुन २०८०, मंगलवार

काठमाडौं ।

एप्पलले आधिकारिक रूपमा कम्पनीको नवीनतम सिलिकनको साथ नयाँ म्याकबुक एयर अनावरण गरेको छ। यसले समान डिजाइन कायम राखेतापनि यो अघिल्लो पुस्ताको मोडल भन्दा बढी शक्तिशाली भएको उल्लेख गरिएको छ।

त्यसका साथै यो नयाँ मोडलहरूमा अन्य ससाना सुधारहरूमा पनि गरिएको छ।

म्याकबुक एयर एम३

एप्पलले म्याकबुक एयर एम३ लाई १३ र १५ इन्च स्क्रिन साइजमा प्रदान गर्न जारी राखेको छ। यस पटक क्युपर्टिनो बेस्ड टेक जायन्टले एम२ एयर भन्दा फरक तवरले दुई भेरियन्टमा नयाँ पुस्ताको घोषणा गरेको छ। साथै भर्खरै घोषणा गरिएका नयाँ अफरिङ्गसहरूले फ्ल्याट–एज्ड चेसिस र डिस्प्ले नोचको साथ उही डिजाइन कायम राखेको छ।

म्याकबुक एयर एम३ १३ र १५–इन्च भेरियन्टहरूलाई अब अघिल्लो मोडलहरूको सिङ्गलको सट्टा दुई ओटा एक्सटर्नल डिस्प्लेहरूमा जडान गर्न सकिने जनाइएको छ। यद्यपि, यसले ल्यापटपको डिस्प्ले बन्द हुँदा मात्र काम गर्न सक्ने उल्लेख गरिएको सक्छ। तर यदि एयरको स्क्रिन अन (सक्रिय) भएको खण्डमा भने यो केवल एउटा एक्सटर्नल (बाह्य) डिस्प्लेमा जडान गर्न सकिने छ। साथै दुबै मोडलहरूमा लिक्विड रेटिना स्क्रिन र ५०० निट्स पिक ब्राइटनेस रहेको छ।

नयाँ म्याकबुक एयरमा ८–कोर सीपीयू र १०–कोर जीपीयू समावेश गरिएको कम्पनीको एम३ प्रोसेसरले सुसज्जित रहेको छ। साथै यसमा एक फास्टर (द्रुत) १६–कोर न्यूरल इन्जिन पनि समावेश छ। त्यसैगरी एप्पलले नयाँ म्याकबुक एयरलाई “एआईका लागि विश्वको उत्कृष्ट कन्ज्युमर ल्यापटप” भनेर दाबी गरेको छ।

यसले लगभग चार वर्ष पुरानो एम १ मोडलको तुलनामा ६० प्रतिशत बढी पर्फमेन्स (प्रदर्शन) प्रदान गर्ने दाबी गरिएको छ। साथै यो फास्टेस्ट इन्टेल–बेस्ड म्याकबुकहरू भन्दा १३ गुणा तिब्र भएको दाबी छ।

एयर एम३ ले हार्डवेयर–एक्सिलेरेटेड मेस सेडिङ्ग र रे ट्रेसिङको साथ एक यथार्थवादी गेमिङ अनुभव पनि प्रदान गर्नेछ भने एभी१ डिकोडिङको लागि पनि समर्थन उपलब्ध भएको उल्लेख छ।

चिपसेट अपग्रेड बाहेक, नयाँ म्याकबुक एयरमा वाईफाई–६ई पनि रहेको र जुन अघिल्लो पुस्ताको तुलनामा दोब्बर छिटो गति प्रदान गर्ने बताइएको छ।

साथै त्यहाँ भ्वाइस आइसोलेसन र वाइड (फराकिलो) स्पेक्ट्रम माइक्रोफोन मोडहरू पनि रहेको हुनाले अडियो र भिडियो कलहरूमा आवाजको स्पष्टता सुधार गरिएको उल्लेख छ। ल्यापटपहरुमा १०८०पी फेसटाइम क्यामरा, तीन ओटा माइक्रोफोनहरू र स्पेसियल अडियो र डल्बी एटमसको लागि समर्थन पनि समावेश गरिएको छ।

म्याकबुक एयर एम३ मिडनाइट, स्टारलाइट, स्पेस ग्रे र सिल्भर कलर (रङ्ग) हरुमा उपलब्ध छन्। साथै मिडनाइट अप्ससा (विकल्पले) अब एम२ एयरको भिजिबल फिङ्गरप्रिन्टहरू कम गर्नको लागि एनोडाइजेशन सील सुविधा दिनेछ।

म्याकबुक एयर एम३ को मूल्य निर्धारण र उपलब्धता

एप्पल म्याकबुक एयर एम३ को १३ इन्च भेरियन्टको मूल्य १,०९९ अमेरिकी डलरदेखि सुरु हुन्छ भने १५–इन्च मोडलको प्रारम्भिक मूल्य १,२९९ अमेरिकी डलर रहेको छ। यसको प्रि–अर्डर सोमबारदेखि सुरु भएको र मार्च ८ मा ढुवानी सुरु हुनेछ।

प्रकाशित: २२ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया