Technology Khabar २१ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
भारतीय इलेक्ट्रिक दुई पांग्रे निर्माता ओला इलेक्ट्रिकले बिक्रीमा नयाँ कीर्तिमान हासिल गरेको छ। कम्पनीले जारी गरेको फेब्रुअरीको बिक्री रिपोर्टमा ३ लाख ५० हजार इलेक्ट्रिक स्कुटर बिक्री गरेको उल्लेख गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
रिपोर्टका अनुसार कम्पनीको गत वर्षको तुलनामा बिक्री करिब १०० प्रतिशतले बढेको छ। कम्पनीको भारतीय बजारमा करिब ४२ प्रतिशत शेयर हिस्सा छ।
ओला ब्राण्ड किफायती मूल्य, हाई रेञ्ज, स्टाइलिस मोडल र आकर्षक अफर मार्फत ग्राहकलाई प्रभावित गरिरहेको छ। ग्राहकहरु एडभान्स फिचर्स उक्त ओला स्कुटर ठूलो संख्यामा खरिद गरिरहेका छन्।
ओला इलेक्ट्रिकले गत महिना आफ्नो एस१ सिरिज पोर्टफोलियनमा २५ हजार भारुको छुट घोषणा गरेको छ। कम्पनीले यस अफरको अवधिलाई थप गर्दै ३१ मार्चसम्म छुटको घोषणा गरेको छ।
कम्पनीका मुख्य मार्केटिङ अधिकारी अंशुल खंडेलवालले हाम्रो मार्केट शेयर र बिक्रीमा लगातार वृद्धि देखिएको बताए। हामी ग्राहकका लागि गुणस्तरिय इलेक्ट्रिक सवारमा ध्यान दिइरहेको उनले बताए।
मार्चमा ओला इलेक्ट्रिक स्कुटर छुट मूल्यमा किन्न सकिन्छ। कम्पनीले ओला एस१ एक्सप्लसको मूल्य १ लाख ९ हजार भारुबाट घटाएर ८८ हजार ९९९ भारु तोकेको छ। साथै ओला एस१ एयरको मस्ल्य १ लाख १९ हजार भारुबाट घटाएर १ लाख ५ हजार भारु पुर्याइएको छ। यस्तै ओला एस१ प्रोको मूल्य १८ हजार भारु कटौती गरेको छ। यस स्कुटरको मूल्य १ लाख ३० हजार भारु तोकिएको छ।
छुटका साथै कम्पनीले अतिरिक्त लागत बिना आफ्नो सम्पूर्ण प्रोडक्ट रेञ्जमा ८ वर्ष वा ८० हजार किलोमिटरको विस्तारित ब्याट्री वारेन्टी पनि दिइरहेको छ। यस्तै कम्पनीले आफ्नो सर्भिस नेटवर्क बढाउने तयारी पनि गरिरहेको छ।
कम्पनीको हाल भारतभर ४१४ सर्भिस सेन्टर रहेको छ। कम्पनीले २०२४ को अन्त्यसम्म यसलाई बढाएर ६०० पुर्याउने योजना बनाइरहेको छ।
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार