ओरियन सीपीयू सहित स्न्यापड्रागन ८ जेन ४ चिपसेट अक्टोबरमा आउँदै

  • Technology Khabar | १९ फाल्गुन २०८०, शनिबार
ओरियन सीपीयू सहित स्न्यापड्रागन ८ जेन ४ चिपसेट अक्टोबरमा आउँदै

काठमाडौं ।

क्वालकमले गत वर्ष अक्टोबरमा हवाईमा आयोजित स्न्यापड्रागन शिखर सम्मेलनमा स्न्यापड्रागन ८ जेन ३ एसओसी घोषणा गरेको थियो। यस वर्षको स्न्यापड्र्यागन शिखर सम्मेलन पनि अक्टोबरमा नै हुने र चिपमेकरले स्न्यापड्रागन ८ जेन ४ प्रस्तुत गर्ने तयारी गरेकोछ।

बार्सिलोनामा चलिरहेको मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) को अवसर पारेर एक्समा पोस्ट गरिएको भिडियोमा क्वालकम सीएमओ डन म्याकगुइरले स्न्यापड्रागन ८ जेन ४ ले ओरियन सीपीयू प्रयोग गर्ने बताएका हुन्।

स्न्यापड्रागन ८ जेन ४ को घोषणा गर्नुअघि, क्वालकमले अर्को स्न्यापड्रागन ८ जेन सिरिज चिप प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। साथै यसको मोडल डेजीग्नेसन एसएम८६३५ रहेको छ भने यसमा एड्रेनो ७३५ जीपीयू द्वारा ह्यान्डल गरिएको ग्राफिक रूपमा गहन कार्यहरू सहितको २.९ गीगाहर्जमा क्लक्ड गरिएको एक कोर्टेक्स–एक्स४ कोर समावेश गरिने सुझाव दिइएको उल्लेख छ।

यो चिप टीएसएमसीको ४ एनएम नोडमा निर्माण गरिने चर्चा रहेको र लगभग १.७ मिलियनको एनटुटु स्कोर पनि भएको जनाइएको छ।

त्यसैगरी यसलाई स्न्यापड्रागन ८ जेन २ र जेन ३ को बीचमा राखिने सम्भावना रहेको र स्न्यापड्रागन ८एस जेन २ वा स्न्यापड्रागन ८ जेन ३ लाइट भनिने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरिएको छ।

प्रकाशित: १९ फाल्गुन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...