Technology Khabar १९ फाल्गुन २०८०, शनिबार
काठमाडौं ।
बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेस सकिएसँगै ग्लोबल मोबाइल अवार्ड्स (जीएलओएमओ) ले आफ्नो वार्षिक विजेताहरूको घोषणा गरेको छ। निर्णायकहरूले ६ क्याटगोरी (कोटी) हरूमा २८ पुरस्कारहरू प्रदान गरेको छन्।
यसमध्ये वेस्ट स्मार्टफोनको उपाधि गुगल पिक्सेल ८ सिरिजले हात पारेको छ भने ब्रेकथ्रु डिभाइस इनोभेसनमा क्वालकम स्न्यापड्रागन ८ जेन ३ अगाडि भएको छ।
यस्ते बेस्ट कनेक्टेड कन्ज्युमर डिभाइसको उपाधि सामसङ ग्यालेक्सी ट्याब एस९ अल्ट्राले पाउँदा बेस्ट इन शो अनर म्याजिक भी२ आरएसआर पोर्श डिजाइनले लगेको छ।
पिक्सेल ८ र पिक्सेल ८ प्रो फोनहरूले आईफोन १५ प्रो सिरिज, ग्यालेक्सी एस२३ लाइनअप, जेड फ्लिप५ र वनप्लस ओपन/ओप्पो फाइन्ड एन३ लाई पछि पार्दै प्रतिष्ठित बेस्ट (उत्कृष्ट) स्मार्टफोन अवार्ड जितेको छ।
यो अवार्ड सन् २०२३ को जनवरीदेखि डिसेम्बरको बीचमा लन्च गरिएका स्मार्टफोनहरूका लागि “उत्कृष्ट पर्फमेन्स (कार्यसम्पादन) , इनोभेसन (नवीनता) र लिडरसिप (नेतृत्व)” को लागि प्रदान गरिने गरिएको छ।
ब्रेकथ्रु इनोभेसन क्याटगोरीले गुगलको ७ वर्षको अपडेट र एआई इमेजिङ क्षमताहरूलाई मूल्याङ्कन गर्दै म्याजिक भी२ को सिलिकन–कार्बन ब्याट्रीलाई छनोट गरेको जनाइएको छ। यद्यपि निर्णायकहरूले भने क्वालकमको नवीनतम चिपसेटलाई “स्मार्टफोन डिभाइसहरू भित्र कोर हार्डवेयर र सफ्टवेयर इनोभेसन” को लागि पुरस्कारको योग्य भएको भनि निर्णय गरेको उल्लेख छ।
ग्यालेक्सी ट्याब एस९ अल्ट्राले धेरै विविध कम्पनीमा विजय हासिल गरेको जनाइएको छ। साथै यसमा सर्टलिस्टेड गरिएका अन्य डिभाइसहरूमा बुलिटको स्याटेलाइट कम्युनिकेसन सहितको मोटोरोला डेफी २, एचटीसी भिवे एक्सआर एलिट, ह्वावे वाच अल्टिमेट र रेनियो एयर२ एक्सआर चश्माहरू रहेका थिए।
ग्यालेक्सी ट्याब एस९ अल्ट्रा ट्याब्लेट सबैभन्दा राम्रो “दैनिक ड कन्ज्युमर (उपभोक्ता) इलेक्ट्रोनिक डिभाइस वा ग्याजेट हुनुका साथै यसले प्रयोगकर्तालाई घरमा वा हिँड्दा नयाँ र स्मार्ट एप्लिकेसन्स, इफिसियन्सी र फङ्गसनेलिटी ल्याउने भएकाले अन्तमा सामसङ ट्याब्लेटलाई शीर्ष स्थानको लागि भोट गरियो जनाइएको छ।
द बेस्ट इन शो (शोको सबैभन्दा उत्कृष्ट) विजेता कंग्रेसमा लन्च गरिएका उत्पादनहरूबाट छनोट गरिएको थियो। प्राविधिक रूपमा चीनमा पहिलो पटक प्रस्तुत गरिएको म्याजिक भी२ आरएसआर पोर्श संस्करणलाई अन्तर्राष्ट्रिय दर्शकहरूलाई भने बार्सिलोनामा फेब्रुअरी २५ तारिखमा अनर कीनोटमा अनावरण गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १९ फाल्गुन २०८०, शनिबार