विद्यालयको निगरानी मोबाइलबाट

  • Technology Khabar | १८ फाल्गुन २०८०, शुक्रबार
विद्यालयको निगरानी मोबाइलबाट
सांकेतिक तस्बिर।

काठमाडौं ।

फिदिम नगरपालिकाको सभा हलमा मंगलबार सार्वजनिक कार्यक्रम चलिरहेको थियो। नगर प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र आमन्त्रित अतिथि अग्रभागमा थिए। सामुन्नेमा विद्यालयका प्रधानाध्यापक, कर्मचारी र सम्चारकर्मीसँग वडाध्यक्षको ठाउँ व्यवस्थापन गरिएको थियो।

अध्यक्षता गरेका नगर प्रमुख मित्र प्रसाद काफ्ले अगाडि ट्याबलेट राखेर स्क्रिन तलमाथि गर्दै सारिरहेका देखिन्थ्यो। त्यही बेला काफ्लेले वडा नम्बर ९ को लुम्फाबुङ माबिका शिक्षकलाई आफू भएको स्थानमा बोलाएर हेर्नुस तपाईको स्कुल भन्दै ट्याबलेट अगाडि फर्काइदिए।

काफ्ले अगाडि विद्यालयको कार्यालयमा शिक्षक मोबाइल हेर्न व्यस्त हुनुका साथै कक्षाकोठामा विद्यार्थी असरल्ल बसिरहेको दृस्यले सबैलाई तान्यो। स्कुललाई व्यवस्थित गराउनुस् है भन्दै काफ्लेले शिक्षकलाई पूर्ववत् स्थानमा फर्काइदिए।

शिक्षा सुधारका लागि भन्दै फिदिम नगरपालिकाले नगर क्षेत्रका २० ओटा माध्यमिक विद्यालयमा सिसी क्यामरा जडान गरेर कार्यालयबाटै यसरी नै निगरानी गरिरहेको छ। हरेक माध्यमिक विद्यालयमा चार ओटाका दरले सिसिटिभी क्यामरा जडान गरिएको शिक्षा शाखा प्रमुख निर्मला दाहालले बताईन्।

विद्यालयमा हुने नियमित गतिविधिको अनुगमनसँगै सम्भावित अवान्छित घटना न्यूनीकणका लागि भन्दै नगरपालिकाले विद्यालयमा सिसी क्यामरा जहान गरेको हो। जडान गरिएका सिसी क्यामराको निगरानी शिक्षा शाखा, पालिका प्रमुख र उपप्रमुखका मोबाइलबाट हेर्ने प्रावधान मिलाइएको छ।

यसरी जोडिएका सिसी क्यामरा यसै सातादेखि सम्बालनमा आएका छन्।

“शिक्षाको गुणस्तर सुधार गर्न निकै मेहनत गर्नुपर्ने देखियो त्यसैले आधुनिक प्रविधिको प्रयोग गरी विद्यालयको नियमित अनुगमन गर्ने सुरुवात गरिएको हो.” काफ्लेले भने। योसँगै सबै विद्यालयमा ई हाजिरी जडान गरिएको पनि उनले बताए।

यसअधि वडाध्यक्षहरूले शिक्षकले आफूहरूलाई नटेर्ने गरेको गुनासो गर्दै आएका थिए। सिसी क्यामरा जडानका लागि आठ लाख ८५ हजार खर्च भएको नगरपालिकाले जनाएको छ।

उद्घाटन कार्यक्रममा पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले विद्यालयको अनुगमनका साथै विद्यालय परिसरमा हुने अरू खाले गतिविधि पनि निगरानी तथा अनुसन्धान गर्न सिसिटिभी क्यामरा सहयोगी हुने धारणा राखे।

सिसिटिभी क्यामरा जडानपछि नगरपालिकाबाट आफूहरूलाई हेरिरहने भएकाले शिक्षकलाई थप जिम्मेवार बनाउन सहयोग पुग्ने फिदिम माविका प्रध्यानाध्यापक विनोद ठाकुरले बताए। गोरखापत्रबाट

प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Skoda Kylaq officially launched in Nepal, marking a new chapter in compact SUVs

  • Technology Khabar
  • १८ फाल्गुन २०८०, शुक्रबार

Samsung hints at a new AI-Driven smartphone experience

  • १८ फाल्गुन २०८०, शुक्रबार

Yango Ride in Nepal celebrates newcomer drivers with cash rewards, certificates, and winter kits

  • १८ फाल्गुन २०८०, शुक्रबार

Samsung Nepal announces exciting offers on its AI TVs for the T20 World Cup season

  • १८ फाल्गुन २०८०, शुक्रबार

China successfully launches reusable experimental spacecraft

  • १८ फाल्गुन २०८०, शुक्रबार