रिलायन्स र डिज्नीले भारतमा आफ्नो मिडिया सम्पत्ति मर्ज गर्ने

Technology Khabar १७ फाल्गुन २०८०, बिहीबार

काठमाडौं ।

रिलायन्सको पोर्टफोलियो भायाकम १८ र डिज्नीले आफ्नो मिडिया व्यवसाय भारतमा मर्ज गर्दैछन्। रिलायन्स र डिज्नी मिलेर दक्षिण एशियाली बजारमा सबैभन्दा ठूलो मिडिया साम्रराज्य खडा गर्दैछन्।

रिलयान्सले जेभीको १६.३४ प्रतिशत नियन्त्रण र स्वामित्व लिनेछ। जसको मूल्य ८.५ बिलियन अमेरिकी डलर छ।

डिज्नीले मर्ज भएको संस्थामा ३६.८४ प्रतिशत सेयर स्वामित्व पाउनेछ भने रिलायन्स समर्थित वायाकम१८, जसले प्यारामाउन्ट ग्लोबल र जेम्स मर्डोकको बोधि ट्रीलाई पनि आफ्नो समर्थनकर्ताहरूमध्ये गणना गर्छ र त्यसले ४६.८२ प्रतिशत सेयर स्वामित्व पाउनेछ।

रिलायन्सले आफ्नो मिडिया सम्पत्ति डिज्नी इन्डियासँग मर्ज गरेर भारतीय द्रुत वृद्धि बजारमा आफ्नो उपस्थिति विस्तार र सुव्यवस्थित गर्ने अवसर देखेको टेकक्रन्चले उल्लेख गरेको छ।

भायाकम१८मा ६० प्रतिशत भन्दा बढी स्वामित्व भएको रिलायन्सले आफ्नो विकास रणनीतिको लागि जेभीमा १.४ बिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ।

रिलायन्स र डिज्नी इन्डियाको “रणनीतिक“ मर्जरले दुई प्रमुख भारतीय स्ट्रिमरहरू, जियोसिनेमा र डिज्नी प्लस हटस्टारलाई पनि एकताबद्ध गर्दछ।
जेभीमा डिज्नीको स्वामित्वमा रहेका दर्जनौं टिभी च्यानलहरूमा पहुँच समावेश हुनेछ र साथै भारतमा डिज्नीका चलचित्रहरू र अन्य निर्माणहरूका साथै माउस कम्पनीको ३० हजार अतिरिक्त सम्पत्तिहरूमा विशेष अधिकार हुनेछ।

मर्जरले खेलकुद र मनोरन्जनमा रिलायन्सको प्रभुत्व प्रदान गर्छ, जसलाई डिज्नी/स्टारबाट जिओको हालैको खेलकुद अधिकार अधिग्रहणले बलियो बनाएको छ। संयुक्त इकाईले भारतभर ७५० मिलियन भन्दा बढी दर्शकहरू पुग्ने कम्पनीले बताएको छ।

‘यो ऐतिहासिक सम्झौता हो जसले भारतीय मनोरञ्जन उद्योगमा नयाँ युगको सुरुवात गर्छ,’ रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष र प्रबन्ध निर्देशक मुकेश अम्बानीले एक विज्ञप्तिमा भने।

डिज्नीको हटस्टारले जियोसिनेमाबाट कडा प्रतिस्पर्धाको सामना गर्नु परेको बेला मर्जर भएको हो। जियोसिनेमाले गत वर्ष आफ्नो प्लेटफर्ममलाई बढावा दिन शीर्ष डिज्नी प्रतिभालाई आकर्षित गरेको थियो।

भायाकमले भारतको लोकप्रिय क्रिकेट प्रतियोगिता, इन्डियन प्रिमियर लिगको पाँच–वर्षे स्ट्रिमिङ अधिकारका लागि डिज्नीको ३ बिलियन डलरलाई पनि आउटबिड गरेको छ। जसले एक वर्षमा हटस्टारको विगतका धेरै हेरेको रेकर्डहरू तोड्एको थियो।

डिज्नीको भारत व्यापार कुनै समय करिब १६ बिलियन डलरको थियो।

‘भारत विश्वको सबैभन्दा जनसंख्या भएको बजार हो, र हामी यस जेभीले कम्पनीको लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने अवसरहरूको लागि उत्साहित छौं,’ डिज्नीका प्रमुख कार्यकारी बब इगरले एक विज्ञप्तिमा भने।

अब यस मर्जरलाई अन्तिम रुप दिनका लागि नियामक र सेयरहोल्डरको स्वीकृति लिन मात्र बाँकी छ। दुई फर्ममहरुले मार्च २०२५ को अन्त्यसम्म यस सम्झौताले पूर्ण रुप पाउने आशा राखेका छन्।

प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया