डेलीहन्ट भारतीय सामाजिक सञ्जाल स्टार्टअप कू प्राप्ती गर्ने अभियानमा

Technology Khabar १७ फाल्गुन २०८०, बिहीबार

काठमाडौं ।

मिडिया स्टार्टअप डेलीहन्ट बैंगलोर–मुख्यालय रहेको सामाजिक सञ्जाल कू प्राप्ती गर्न वार्ताको उन्नत चरणमा छ। यस विषयमा परिचित दुई स्रोतहरूले बताएको टेकक्रन्चले उल्लेख गरेको छ।

छलफल अन्तर्गत सम्भावित सम्झौतामा सेयर–स्वाप सम्झौता समावेश छ र यस हप्ता भित्रमा अन्तिम रुप दिइने सम्भावना छ। निजी विषय भएकाले स्रोतहरुले नाम न छाप्ने अनुरोध गरे।

कू ट्विटर (एक्स)को प्रतिद्वन्द्वी भन्ने प्रयासमा छ। जसले गत वर्ष आक्रमक रुपमा नयाँ पुँजी खोजी गरिरहेको छ। भारत र ब्राजिलमा उपलब्ध सोशल नेटवक यस विचारमा दाउ लगाई रहेको छ कि धेरै स्थानीय भाषालाई समर्थन गर्ने यस एपले धेरै मानिससँग जोडिन मद्दत गर्ने कम्पनीले विश्वास लिएको छ।

कू सह–संस्थापक मयंक बिदावतकाले सेप्टेम्बरमा भनेका थिए कि स्टार्टअप – जसले टाइगर ग्लोबल, एक्सेल, ३वान४ क्यापिटल, मिराए एसेट र ब्लूम सहित लगानीकर्ता मार्फत ६० मिलियन डलरभन्दा बढी उठाएको थियो।
‘अर्को चरण’ को यात्राका लागि कञूले ‘वितरण शक्ति’ भएको रणनीतिक साझेदार खोजिरहेको थियो।

‘द्रुत गतिमा बृद्धि देखि विकासमा कटौती गर्ने र एकाइको अर्थशास्त्र प्रमाणित गर्न, राजस्व प्रयोगको ६ महिना भित्र, हामीले १८० डिग्री मोड लियौं र यो एक वास्तविक व्यवसाय हो भनेर प्रमाणित गरयौं,’ उनले लेखे।

डेलीहन्टको मूल्यांकन मूल्य ५ बिलियन अमेरिकी डलर हो भने कूले यसमा टिप्पणी गर्न अस्वीकार गरेको टेकक्रन्चले लेखेको छ।

प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया