माइक्रोनले रिलिज गर्यो स्मार्टफोनका लागि सबैभन्दा सानो स्टोरेज चिप

Technology Khabar १७ फाल्गुन २०८०, बिहीबार

काठमाडौं ।

अमेरिकी मेमोरी चिप निर्माता माइक्रोनले ‘एमडब्ल्यूसी २०२४’ मा आफ्नो नवीनतम सोलुसन घोषणा गरेको छ। कम्पनीको यो हाल सम्मकै सबैभन्दा कम्प्याक्ट यूएफएस ४.० प्याकेज भएको र केवल (९x१३) मिलिमिटरको भएको जनाइएको छ।

त्यसैगरी यसले ४३०० एमबी प्रति सेकेन्ड सिक्वेन्सल रिड (क्रमिक पढ्ने) र ४००० एमबी प्रति सेकेन्ड सिक्वेन्सल राइट (क्रमिक लेखन) गतिका साथ १ टीबी क्यापासिटी र एक्सिलेन्ट पर्फमेन्स (उत्कृष्ट प्रदर्शन) प्रदान गर्नेछ।

ठूला ब्याट्रीहरूको लागि थप ठाउँ चाहियो भन्ने स्मार्टफोन ओईएमहरुबाट प्रतिक्रिया आएपछि माइक्रोनले सानो सलुसन ल्याएको हो। अमेरिकी कम्पनीले संयुक्त राज्य अमेरिका, चीन र कोरियाभरी आफ्नो ज्वाइन्ट कस्टमर ल्याब्समा प्रोडक्ट (उत्पादन) विकास गरेको र यसलाई आफ्नो २३२–लेयर थ्रीडी एनएएनडी प्रविधिमा निर्माण गरेको हो।

गत वर्ष जुन महिनामा लन्च गरिएको स्टोरेज सलुसनको तुलनामा यूएफएस ४.० चिपको फुटप्रिन्ट २० प्रतिशतले सानो भएको कम्पनीको भनाई छ। यसले समग्र पर्फमेन्स (कार्यसम्पादन) मा सम्झौता नगरी पावरको उपयोग घटाउने छ भने माइक्रोनले ल्याएको प्रोप्रियटरी फिचर एचपीएम (हाई–पर्फमेन्स मोड) ले इन्टेनसिभ स्मार्टफोन प्रयोगको समयमा पर्फमेन्सलाई अप्टिमाइज गर्नेछ।

माइक्रोनले अब नयाँ यूएफएस ४.० स्टोरेजको नमूनाहरू २५६ जीबी, ५१२ जीबी, र १ टीबी गरी तीन फरक अप्सनमा ढुवानी गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया