एप्पलले सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार प्रोजेक्टलाई छोड्यो

  • Technology Khabar | १६ फाल्गुन २०८०, बुधबार
एप्पलले सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार प्रोजेक्टलाई छोड्यो

काठमाडौं ।

आईफोन निर्माता एप्पलले इलेक्ट्रिक सवारी (ईभी) निर्माण गर्ने परियोजना रद्द गरेको बताइएको छ। कम्पनीले ईभीमा काम गरिरहेको चर्चा चलेको एक दशकपछि एप्पलले योजना रद्द गरेको रिपोर्ट आएको हो।

करिब दुई हजार मासिन संलग्न रहेको उक्त परियोजनालाई फर्मले सार्वजनिक रुपमा भने स्वीकार गरेको थिएन।

ब्लूमबर्ग न्यूजका अनुसार परियोजनाका धेरै कर्मचारीहरूलाई आईफोन निर्माताको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डिभिजनमा स्थानान्तरण गरिनेछ।

एप्पल कार टिमलाई यसको प्रमुख कार्यकारी टिम कुकको प्रोजेक्ट टाइटनको भागको रूपमा विशेष परियोजना समूहको रूपमा चिनिन्थ्यो।

यसले अनुसन्धान र विकासमा अर्बौं डलर खर्च गरेकोले, कम्पनीले सुरुमा स्टीयरिङ ह्वील र पेडल बिना पूर्ण स्वायत्त गाडीमा काम गरिरहेको चर्चा थियो।

टिम गाडी उत्पादन गर्न अझै वर्षौं टाढा रहेको बुझिएको थियो।

सिलिकन भ्यालीस्थित कन्स्टेलेसन रिसर्चका संस्थापक र प्रमुख कार्यकारी रे वाङले बीबीसीलाई भने, ‘यो स्मार्ट र लामो समयदेखि प्रतिक्षा गरिएको निर्णय हो।’

‘बजारमा ईभीको माग छैन र एआईका माध्यमबाट सबै कार्य हुन्छ,’ उनले थपे।

एप्पलले आईफोन र कम्प्युटरहरू बाहेक अन्य अवसरहरू खोजिरहेको छ, जसमा भर्खरै सुरू गरिएको भिजन प्रो भर्चुअल रियालिटी हेडसेट समावेश छ।

प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...