सामसङ ग्यालेक्सी एस २४ को प्रतिस्पर्धीको रुपमा शाओमी १४ विश्व बजारमा लन्च

Technology Khabar १६ फाल्गुन २०८०, बुधबार

काठमाडौं ।

शाओमी १४ अब चीन बाहिर पनि आधिकारिक रुपमा उपलब्ध हुने भएको छ। यो डिभाइसलाई शाओमी १४ अल्ट्रा र अन्य धेरै उत्पादनहरूसँगै आईतबार बार्सिलोनामा अनावरण गरिएको थियो।

शाओमी १४ हाल ग्यालेक्सी एस २४ बाहेक एन्ड्रोइड स्पेसमा एक मात्र कम्प्याक्ट फ्ल्यागशिप स्मार्टफोन भएको जनाइएको छ। यो सामसङको प्रोडक्ट भन्दा राम्रो स्पेक्सका साथ आएको र त्यसै कारणले गर्दा यसको मूल्य पनि उच्च भएको उल्लेख गरिएको छ।

शाओमी १४ को स्पेसिफिकेसनहरू

शाओमी १४ को डिजाइन यसको पूर्ववर्ती शाओमी १३ को भन्दा अलि फरक छ। यसको क्यामरा आईल्याण्ड ठूलो भएको र लाइनहरू फिचर गर्दैन्।

फोनमा मेटल फ्रेम र ग्लास ब्याक फिचर गरिएको छ। यसको मोटाई लगभग ८.२ एमएम मापन गर्ने र तौल लगभग १९३ ग्राम रहेको छ।

ह्यान्डसेटको अगाडि ६.३६ इन्चको फ्ल्याट ओएलईडी डिस्प्ले रहेको छ। यो प्यानलले २६७० x १२०० पिक्सेल (१.५के), ४६० पीपीआई, र १२० हर्ज रिफ्रेस रेट (एलटीपीओ) को रिजोल्युसन प्रदान गर्दछ। साथै १० बिट स्क्रिनले डीसी डिमिङ्ग, डल्बी भिजन र ३००० निट्स लोकल पीक ब्राईटनेस लेभल समर्थन गर्दछ।

यो डिभाइसमा क्वालकम स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म समावेश गरिएको छ। साथै चिपसेटलाई एलपीडीडीआर५एक्स र्याम र यूएफएस ४.० स्टोरेजसँग पेयर्ड गरिएको उल्लेख छ। त्यसैगरी भीसी (भेपोर च्याम्बर–भाप कक्ष) लिक्विड कुलिङ सिस्टमद्वारा थर्मलहरू व्यवस्थित गरिने उल्लेख गरिएको छ।

फोनको पछाडि लाइका–ट्युन्ड ट्रिपल क्यामरा सिस्टम (प्रणाली) रहेको छ। सेटअपमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रावाइड युनिट र ५० मेगापिक्सेलको ३.२ एक्स फ्लोटिङ्ग टेलिफोटो सुटर समावेश रहेका छन्। फोनका अगाडि सेन्ट्रल पंच होल भित्र ३२ मेगापिक्सेलको स्न्यापर रहेको छ।

ह्यान्डसेटको मल्टिपल कनेक्टिभिटी अप्सन्स (विकल्पहरू) मा डुअल सिम, फाईभजी, वाईफाई ७, ब्लुटुथ ५.४, जीएनएसएस, एनएफसी र यूएसबी ३.२ जेन१ समावेश गरिएका छन्।

यो एक एक्स–एक्सिस लिनियर भाइब्रेसन मोटर, डुअल स्टेरियो स्पिकर, आईआर ब्लास्टर, इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र आईपी ६८ रेटिङ्ग (धूलो र पानी प्रतिरोध) को साथ पनि आउने उल्लेख गरिएको छ।

डिभाइसले एन्ड्रोइड १४ मा आधारित हाइपरओएस बुट गर्दछ। साथै यसले ४,६१०एमएएच ब्याट्रीबाट उर्जा प्राप्त गर्ने र ९० वाट वायर्ड, ५०वाट वायरलेसका साथै १०वाट रिभर्स वायरलेस चार्जिङलाई समर्थन गर्दछ।

शाओमी १४ को मूल्य

शाओमी १४ को १२ जीबी र्याम र २५६जीबी स्टोरेजको मूल्य ९९९ यूरो रहेको छ। साथै यो फोन कालो, सेतो र जेड ग्रीन गरी तीन भिन्न कलर भेरियन्टमा लिन सकिने छ भने तिनीहरू सबैमा ग्लास ब्याक रहेको उल्लेख गरिएको छ। यद्यपि मूल्य निर्धारण भने देश अनुसार फरक हुन सक्नेछ।

प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया