७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको छः अख्तियारका प्रमुख आयुक्त राई

  • Technology Khabar | १५ फाल्गुन २०८०, मंगलवार
७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको छः अख्तियारका प्रमुख आयुक्त राई

काठमाडौं ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालिन संचारमन्त्रीले ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बताएका छन्।

उनले उक्त पुरानो विषयमा हालसम्म छानबिनकै चरणमा रहेको संसदको सार्वजनिक लेखा समितिले मंगलबार जानकारी दिएका हुन्।

आज सालेसले विगतमा दिएको निर्देशनका सम्बन्धमा अख्तियार प्रमुख राईसँग छलफल गरेको थियो।

‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो टेपको विषय थियो’ अख्तियार प्रमुख राईले भने, ‘हामीले छानबिन गरिरहेका छौं।’

तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्नका लागि ७० करोड कमिसन माग गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो।

उक्त अडियो बाहिरिएसँगै बास्कोटाले पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: १५ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

  • Technology Khabar
  • १५ फाल्गुन २०८०, मंगलवार