ह्वाट्सएपमा गैरकानुनी कार्य बढ्दै, भ्रामक मेसेज तथा फोनमा विश्वास नगर्न साइबर व्यूरोको अनुरोध

  • Technology Khabar | १४ फाल्गुन २०८०, सोमबार
ह्वाट्सएपमा गैरकानुनी कार्य बढ्दै, भ्रामक मेसेज तथा फोनमा विश्वास नगर्न साइबर व्यूरोको अनुरोध

काठमाडौं ।

नेपाल प्रहरीको साइबर व्यूरोले ह्वाट्सएपमा गैरकानुनी कार्य बढ्दै गएकाले भ्रामक मेसेज तथा फोनमा विश्वास नगर्न अनुरोध गरेको छ।
साइबर व्यूरोका अनुसार पछिल्लो समय विदेशी नम्बरहरु प्रयोग भई खोलिएका ह्वाट्सएप आईडीमा विभिन्न व्यक्तिहरुको तस्विर दुरुपयोग भइरहेको छ।

त्यस्ता आईडीहरुबाट आर्थिक लाभ लिने उद्देश्यले मानिस अपहरण गर्ने भनि फिरौती माग गर्ने, धम्काउने, गैरकानुनी कार्य जस्ता गतिविधि पछिल्लो समय बढ्दै गरेको व्यूरोले जानकारी दिएको छ। यस्तो भ्रामक ह्वाट्सएप मेसेज तथा फोनमा विश्वास नगर्न र कुनै किसिमको आर्थिक कारोबार गर्न व्यूरोले अनुरोध गरेको छ।

प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...