Technology Khabar १४ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
गुगलले सटीकता सुनिश्चित गर्न सुधारको आवश्यकतालाई उद्धृत गर्दै आफ्नो जेमिनी कन्भर्सेसनल एप भित्रको पिपल इमेज जेनेरेसन फिचरलाई अस्थायी रूपमा रोकेको छ।
प्रयोगकर्ताहरुले जेनेरेटेड ईमेजेज ( उत्पन्न तस्बिरहरू) को इनएक्यूरेसिज र आपत्तिजनक परिणामहरू औंल्याउँदै गरेको प्रतिक्रिया पछि यो निर्णय आएको हो।
एआई मोडल इमेजन २ द्वारा पावर्ड (सञ्चालित) यो फिचरले उपयुक्त र निष्पक्ष प्रतिनिधित्वहरू (एप्रोप्रिएट एण्ड अन रिप्रिजेन्टेसन) सिर्जना गर्न चुनौतीहरूको सामना गरेको र यसले गर्दा निलम्बनमा पुर्याएको उल्लेख गरिएको छ।
समावेशीताको लागि लक्ष्य राख्दै अनुपयुक्त वा पक्षपातपूर्ण प्रतिनिधित्वबाट बच्न एआई मोडललाई फाइन–ट्युनिङ गर्ने चुनौतीहरूलाई श्रेय दिँदै गुगलले यी मुद्दाहरूलाई स्वीकार गरेको छ। यस अघिको ईमेज–जेनेरेसन टेक्नोलोजीहरूमा देखिएका समस्याहरूलाई कम गर्ने प्रयासहरूको बावजुद, फिचरले महत्त्वपूर्ण अवरोधहरूको सामना गरेको उल्लेख छ।
यसले कहिलेकाहीँ अनावश्यक चित्रणहरू उत्पादन गर्ने गरेको वा अत्यधिक सतर्क भई निश्चित प्रम्प्टहरूको लागि ईमेज (तस्बिर) हरू उत्पन्न गर्न असफल भएको थप उल्लेख छ।
वरिष्ठ उपाध्यक्ष प्रभाकर राघवनले यस फिचरलाई पुनः उपलब्ध गराउनुअघि व्यापक सुधार र परीक्षण गरेर यी समस्याहरूलाई सुधार गर्ने उद्देश्य रहेको बताएका छन्। उनले विशेष गरी संवेदनशील विषयहरूमा, प्रविधिको शुद्धता बृद्धि गर्न निरन्तर प्रयासहरू हाइलाइट गर्दै एआई विश्वसनीयता सुनिश्चित गर्ने अन्तर्निहित चुनौतिहरू पनि उल्लेख गरेका छन्।
त्यसका साथै इलन मस्क र अमेरिकी रिपब्लिकन नेता विवेक रामास्वामी लगायत सार्वजनिक व्यक्तित्वहरूले पनि ऐतिहासिक रूपमा गलत र जातीय रूपमा असंवेदनशील भएको दाबी गर्ने तस्बिरहरू उत्पादन गरेकोमा फिचरको आलोचना गरेका छन्।
साथै कम्पनीले हालका समस्याहरूलाई सम्बोधन गर्न लगनशीलताका साथ काम गरिरहेको र ईमेज जेनेरेसन फिचरको सुधारिएको संस्करण छिट्टै रिलिज गर्ने योजना रहेको बताएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार